2026-09-11 08:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती

काठमाडौँ | भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती गरिएको छ । प्रदेश सरकारबाट प्राप्त रु सात लाख र किसानसँगको साझेदारीमा रामप्रसाद राई गाउँपालिकामा कफीखेती सुरु गरिएको हो ।

नमूना कफीखेती विस्तार गर्ने लक्ष्यले गुराँस सहकारी संस्थामा आबद्ध आठ जना कृषकहरुको समूहले दुई हजार दुई सय बिरुवा रोपेर कफीखेती सुरु गरेको वडा नं ८ का अध्यक्ष बाचकुमार राईले जानकारी दिनुभयो । यो क्षेत्र कफीखेतीका लागि उपयुक्त भूगोल रहेकोले वडाको पहलमा बजेट माग गरी कफीखेती प्रवर्द्धन तथा विस्तार भइरहेको वडाध्यक्ष राईले बताउनुभयो ।

वडाध्यक्ष राईले भन्नुभयो, “खोक्सिक क्षेत्र कफीखेतीका लागि उपयुक्त भूगोल मानिन्छ । कृषकलाई कफीखेतीका माध्यमबाट आयआर्जनमा जोड्न यो कार्यक्रमले टेवा पुग्ने विश्वास छ ।”

विगतमा सामान्य रुपमा कफीखेती गरिरहेको भए पनि यो कार्यक्रमले बृहत रुपमा खेती विस्तारमा टेवा पुगेको गुराँस सहकारी संस्थाका उपाध्यक्ष मनोज राईले बताउनुभयो ।

“हाम्रो क्षेत्रमा सामन्य रुपमा कफीखेती गरिरहेका थियौँ”, उहाँले भन्नुभयो, “धेरै मात्रामा विस्तार गर्ने सोच भए पनि आर्थिक अभावमा गर्न सकिएको थिएन । कार्यक्रम सञ्चालन भएपछि हामीलाई खेती विस्तारको लागि हौसला मिलेको छ ।”

रामप्रसाद राई गाउँपालिकासँगै हतुवागढी गाउँपालिकाको सिन्द्राङ, होम्ताङ, लुङ्गिन, लुम्थुङसँगै आमचोक गाउँपालिकालगायत क्षेत्रका किसानहरुले कफीखेती गरिरहेका छन् । यहाँका किसानले उत्पादन गरेको कफी, धरान, इटहरी, विराटनगर काठमाडाँै हुँदै जापान, कोरियासम्म निर्यात हुने गरेको कफी व्यवसायी सुनिल श्रेष्ठले बताउनुभयो ।

अर्गानिक (जैविक) कफीको विदेशी बजारमासमेत माग रहेको उहाँको भनाइ छ । भोजपुरमा उत्पादन भएको कफी सङ्कलन गरेर बाहिरका बजारमा आफूले बिक्री गर्दै आएको श्रेष्ठले जानकारी दिनुभयो । कफीले बाह्य बजारमा राम्रो मुल्य पाउन थालेपछि यहाँका किसान यसको खेतीतर्फ आकर्षित भएका हुन् ।

२२ जना सम्मानित

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माले वडाको विकासमा सहयोग पु¥याउने २२ जना नागरिकलाई सम्मान गरेको छ । वडाले ‘समृद्ध वडा’ निर्माणका लागि विभिन्न क्षेत्रबाट पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरेको हो ।

वडाको विकासका लागि विभिन्न संरचना निर्माणको गर्न निःशुल्क जग्गा दान गर्ने, वडाको सडक निर्माणमा आर्थिक सहयोग गर्ने, शिक्षा ,स्वास्थ्य तथा सामाजिक क्षेत्रको विकासमा सहयोग गर्ने उनीहरु सम्मानपत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको वडा नं १ तिम्मा वडाध्यक्ष नरबहादुर राईले जानकारी दिनुभयो ।

“उहाँहरुले विभिन्न क्षेत्रबाट वडाको विकासका लागि सहयोग पु¥याउनु भएको छ”, वडाध्यक्ष राईले भन्नुभयो, “यहाँको विकासका लागि उहाँहरुले निस्वार्थ रुपमा गरेको सहयोगको कदर स्वरुप वडाको तर्फबाट सम्मान गरेका हौँ । स्थानीयको सहयोगले नै यो वडाको विकासलाई अघि बढाउन सहजता भएको छ ।”

गाउँपालिकाले लिएको ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार ः टेम्केमैयुङ विकासको आधार’ भन्ने नारालाई सफल गराउन स्थानीय नागरिकबाट भएको सहयोगको कदर स्वरुप गाउँपालिका उपाध्यक्ष रमादेवी राईको उपस्थितमा सम्मान गरिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस