३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मानव बेचबिखनविरुद्ध सामुदायिक प्रयास सुदृढ गर्न सार्वजनिक सुनुवाइ

३२ जेष्ठ २०८२, शनिबार १७:११
काठमाडौँ | माइती नेपालले आन्तरिक मानव बेचबिखनविरुद्ध सामुदायिक प्रयास सुदृढ गर्न आज यहाँ सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
आन्तरिक मानव बेचबिखन, यौन शोषण, श्रम शोषण र लागुऔषध दुव्र्यसनविरुद्धको सामूहिक प्रयासलाई बलियो बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, युवा समूह, महिला सङ्गठन, सुरक्षा निकाय तथा स्थानीय सरकारका सरोकारवाला निकायको उपस्थिति थियो ।
कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सार्वजनिक सुनुवाइ तथा स्थानीय निकाय, प्रहरी, नागरिक समाज र सरोकारवालाको बीचको सहकार्यद्वारा ठूला परिवर्तन सम्भव रहेको बताउनुभयो । यसले बेचबिखन र हिंसाको जोखिम घटाउन सहयोग पु¥याउने उहाँको भनाइ थियो ।
साथै उहाँले छोरीहरू, विशेष गरी नाबालिगहरूलाई शोषणजन्य अवस्थाबाट तत्काल उद्धार गर्नुपर्ने आवश्यकतामा जोड दिँदै, रोकथाममा शिक्षा र सचेतनाको महत्त्वपूर्ण भूमिकामार्फत युवाहरूको सचेतना र सक्रियताले समाजलाई मानव बेचबिखनरहित बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशेषगरी मनोरञ्जन क्षेत्रमा महिला र किशोरीका लागि सुरक्षित र मर्यादित वातावरण निर्माणमा समुदाय तथा सम्बन्धित निकायको महत्वपूर्ण भूमिका रहेकामा जोड दिइएको थियो । नेपाल प्रहरीका अधिकारी र स्थानीय सरकारका प्रतिनिधिहरूले आपसी समन्वय अभिवृद्धि गरि एकीकृत रूपमा आन्तरिक मानव बेचबिखनविरुद्ध डटेर लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमले विभिन्न सरोकारवाला निकायबीचको समन्वय र रोकथामका लागि एकीकृत रणनीतिका लागि विशेष जोड दिएको थियो । सुनुवाइका क्रममा सहभागीले आफ्ना अनुभवहरू बाँड्दै, खुला छलफलमा संलग्न हुँदै सतर्कता तथा अनुगमन प्रणालीलाई सुदृढ गर्न सुझाव दिनुभएको थियो । सरोकारवालाहरूले आन्तरिक मानव बेचबिखन न्यूनीकरणको दिगो समाधान खोज्नुपर्ने आवश्यकतामा जोड दिँदै बढ्दो चुनौतीलाई सम्बोधन गर्न आपसी सहकार्य गर्न आफ्नो दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उठाइएका सुझाव र चिन्तालाई स्थानीय सरकार र माइती नेपालले आगामी योजनामा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा नाबालिगको बढ्दो शोषण तथा होटल, स्पा, क्याबिन रेस्टुरेन्ट, डान्स बारलगायतका मनोरञ्जनस्थल तथा वयस्क मनोरञ्जन क्षेत्रमा बढ्दो अपराधिक गतिविधिप्रति गम्भीर चासो उठाउँदै समाधान खोज्ने प्रयास गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’