Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मानव बेचबिखनविरुद्ध सामुदायिक प्रयास सुदृढ गर्न सार्वजनिक सुनुवाइ

२०८२, ३२ जेष्ठ शनिबार १७:११
काठमाडौँ | माइती नेपालले आन्तरिक मानव बेचबिखनविरुद्ध सामुदायिक प्रयास सुदृढ गर्न आज यहाँ सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
आन्तरिक मानव बेचबिखन, यौन शोषण, श्रम शोषण र लागुऔषध दुव्र्यसनविरुद्धको सामूहिक प्रयासलाई बलियो बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, युवा समूह, महिला सङ्गठन, सुरक्षा निकाय तथा स्थानीय सरकारका सरोकारवाला निकायको उपस्थिति थियो ।
कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सार्वजनिक सुनुवाइ तथा स्थानीय निकाय, प्रहरी, नागरिक समाज र सरोकारवालाको बीचको सहकार्यद्वारा ठूला परिवर्तन सम्भव रहेको बताउनुभयो । यसले बेचबिखन र हिंसाको जोखिम घटाउन सहयोग पु¥याउने उहाँको भनाइ थियो ।
साथै उहाँले छोरीहरू, विशेष गरी नाबालिगहरूलाई शोषणजन्य अवस्थाबाट तत्काल उद्धार गर्नुपर्ने आवश्यकतामा जोड दिँदै, रोकथाममा शिक्षा र सचेतनाको महत्त्वपूर्ण भूमिकामार्फत युवाहरूको सचेतना र सक्रियताले समाजलाई मानव बेचबिखनरहित बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशेषगरी मनोरञ्जन क्षेत्रमा महिला र किशोरीका लागि सुरक्षित र मर्यादित वातावरण निर्माणमा समुदाय तथा सम्बन्धित निकायको महत्वपूर्ण भूमिका रहेकामा जोड दिइएको थियो । नेपाल प्रहरीका अधिकारी र स्थानीय सरकारका प्रतिनिधिहरूले आपसी समन्वय अभिवृद्धि गरि एकीकृत रूपमा आन्तरिक मानव बेचबिखनविरुद्ध डटेर लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमले विभिन्न सरोकारवाला निकायबीचको समन्वय र रोकथामका लागि एकीकृत रणनीतिका लागि विशेष जोड दिएको थियो । सुनुवाइका क्रममा सहभागीले आफ्ना अनुभवहरू बाँड्दै, खुला छलफलमा संलग्न हुँदै सतर्कता तथा अनुगमन प्रणालीलाई सुदृढ गर्न सुझाव दिनुभएको थियो । सरोकारवालाहरूले आन्तरिक मानव बेचबिखन न्यूनीकरणको दिगो समाधान खोज्नुपर्ने आवश्यकतामा जोड दिँदै बढ्दो चुनौतीलाई सम्बोधन गर्न आपसी सहकार्य गर्न आफ्नो दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उठाइएका सुझाव र चिन्तालाई स्थानीय सरकार र माइती नेपालले आगामी योजनामा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा नाबालिगको बढ्दो शोषण तथा होटल, स्पा, क्याबिन रेस्टुरेन्ट, डान्स बारलगायतका मनोरञ्जनस्थल तथा वयस्क मनोरञ्जन क्षेत्रमा बढ्दो अपराधिक गतिविधिप्रति गम्भीर चासो उठाउँदै समाधान खोज्ने प्रयास गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै