ओली गाउँमा सम्पन्न ९औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको स्मरण गर्दा

Posted on: 10 May, 2016

kamal rawalअछामको पहिलो अनि पुरानो क्लब जो हो अछाम ओलिगाउको मंगला बिकास क्लब ओलिगाउ, २०६१ सालमा ओलिगाउका राजनितिज्ञि, समाजसेवि, बुद्धिजिवी, शिक्षक, महिला, दलित, वालवालिका, अपाँग लगाएतको ठुलै सहभागितामा क्लब दर्ता भएको हो ।

क्लब दर्ता भएको १२ बर्ष हुदा सामाज क्लबले थुप्रै कार्य गरेपनि सो क्लबको प्रमुख उद्देय नै क्रिकेट खेललाई अघि नै बढाउनु थियो । क्लबले साना तिना क्रिकेट प्रतियोगिता जिल्लामा थुप्रै गरेतापनि मेरो गिन्तीमा गन्न सकिने प्रतियोगिता ९ वटा जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुन । २०७२ सम्म आठ वटा जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न गरि सकेपछि हालै मात्र ९ औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्लामै नै सम्झन लायक बन्यो ९ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता धेरै प्रायोजक, थुप्रै मिडीयाको साथ सहयोग र थुप्रै खेलाडीको सहयोगमा जिल्लामै ठुलो धनराशिको क्रिकेट प्रतियोगिताको यसपालि बिदाई गरिएको छ । २०७३ साल बैशाख १७ गतेका दिन १६ टिम भाग लिएको प्रतियोगिताको खेल मैदानमा गएर पुर्व सभासद कुवरले प्रतियोगिताको उदघाटन गर्नु भयो ।

उदघाटनका क्रममा प्रमुख अथिती कुवरले खेलाडीले देशको ईज्जत मान सम्मान राख्ने भएकाले खेल क्षेत्रको विकास लागि सबैले लाग्नु पर्नेमा जोड दिनु भयो । यसपालिको प्रतियोगितामा अछामका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषाल, जिल्ला खेलकुद विकास समिती अछामका अध्यक्ष छविराज ढुगाँना, अनेरा स्वीयु पुर्व केन्द्रिय सचिवालय सदस्य तथा युवा नेता भिम बहादुर रावलले प्रतियोगिता अवधि भर खेललाई हेरि विशिष्ट अथितीका प्रतियोगितालाई सफल पारिदिनु भयो ।

त्यसैमा जिल्ला शिक्षा कार्यालय अछामका विद्यासागर महतो, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावल, शिक्षक सघका निर्मला रावल, जिल्ला विकास समितीका भिम बहादुर चलाउने, जिल्ला युवा सञ्जाल अछामका अध्यक्ष होम बहादुर साँउद, जेसिज अछामका खेलकुद विभाग प्रमुख टेकेन्द्र शाह, नेकपा एमाले जिल्ला सचिवालय सदस्य चन्द्र बहादुर बोहरा, कलु देवि रावल, काग्रेसका झपट बहादुर रावल, बहादुर सिह बिष्ट, मगला नेरा उमाविका अध्यक्ष मिन बहादुर रावल, पुर्व अध्यक्ष रमेश बहादुर रावल, मंगला विकास क्लबका अध्यक्ष गणेश बहादुर रावल, रेडक्रस ओलिगाउका सभापति बल बहादुर रावलले प्रतियोगितामा निकै मजा लिनुका साथै यति भब्य अनि सभ्य तरिकाले प्रतियोगिता सफल पारेकोमा धन्यवाद समेत दिएका थिए ।

सबैले आगामि दिनमा यसरी खेतको गराम बर्षेनि जिल्ला स्तरिय क्रिकेट गरिहनु भन्दा आगामि दिनमा क्रिकेटको मैदानको ब्यावस्थाको लागि सोच्नु पर्ने बताएका थिए । अब यसै २०७३ भित्रै ओलिगाउको जुन सुकै ठाउमा क्रिकेटको खेलको मैदानको लागि पहल गरिने बताएका छन ।

प्रतियोगिता के कारण सम्झन लायक छ त ? बैशाख १७ गते देखि २२ गते सम्म चलेको प्रतियोगितामा जिल्लाका १६ टिमले सहागिता जनाएका थिए । जिल्लाकै ठुलो धनराशिका क्रिकेट प्रतियोगिताका भएकाले प्रतियोगिता निकै चर्चाको रुपमा पनि हेरिएको थियो ।

यसपालि तोल्यानको क्रिकेट खेलमैदानको अछामको पुर्वि कमलबजार, बस्ती, कुन्ति लगाएतका क्रिकेट टिमले समेत पहिलो पटक प्रतियोगिता सहभागिता जनाए । त्यो खेलमैदानमा थुप्रै क्षेत्रिय स्तर, जिल्ला स्तरका खेलाडीका आफना अफना प्रतिभा देख्न पाईएका थिए । यौटा खेतको गरामा त्यो सुदुरपश्चिमको अछाम जस्तो विकट क्षेत्रमा जिल्लामै ठुलो धनराशिको क्रिकेट प्रतियोगिता सफल पार्न सामान्य पनि थिएन । अन्तत प्रतियोगिता सफल नै भएर साबित भयो ।

जुन खेतको गरामा खेल हुन्थ्यो त्यसलाई नै प्राथमिकता ठान्दै हाम्रो मैदानको समस्या सम्झदै नेपाली क्रिकेट टिमका कप्तान पारश खड्काले आफनो फेसबुक आवरणमा फोटो समेत राख्न भ्याए । जुन तस्विरमा अहिले १५ हजार लाईक, त्यतिकै मात्रामा सुझाव र त्यतिकै शेयर पुगिसकेको छ । प्रतियोगितामा भएका २८ वटा खेल कुनै विवादका साथ सम्पन्न भएका थिए । यसपालिका प्रतियोगिता स्वयम आयोजक मंगला विकास क्लब ओलिगाउ आफनै घरमा उपाधि राख्न सफल भयो ।

जुन ३५ हजार राशि आफनो हातमा पारयो । प्रतियोगितामा उपाधि नजिक दोस्रो भएको बेताल क्रिकेट पायलले ८ हजारमा चित्त बुझायो । यसपालि उपाधि जितेको आयोजक मंगला विकास क्लब ओलिगाउ छत्र विक्रम रावलको कप्तानिमा रहेको टिम निकै उत्कृष्ट लयमा रह्यो । लिगमा यौटा खेलमा हारेपनि अरु सबै खेलमा सजिलै जित हात पार्दै जित हासिल गरेको थियो । यसपालिको प्रतियोगितामा क्लबका पुराना खेलाडी अनिल रावल, तपेन्द्र रावल, भरत रावल, टँक रावल, हेमराज रावल, छत्र रावल, भरत बिष्ट, दमन रावल, हर्कजन रावल, रमेश रावल, विक्रम रावल, दिपक रावल, रतन रावल, राम रावल, ईश्वर रावल, प्रकाश रावल, गणेश रावल, श्याम रावल, देवेन्द्र रावल कसै खेलाडीको कमि हुन दिएनन ।

यसपालिको प्रतियोगितामा ५ खेल खेलेका आयोजक मंगला बिकास ओलिगाउका कप्तान छत्र विक्रम रावलले ९१ रन बनाई उत्कृष्ट प्रदर्शनका साथ म्यान अफ द सिरिज, त्यस्तै उत्कृष्ट लयका साथ अनुशासित सानदार बलर सावित भएका अछाम रिडिकोटका आयोजक मंगला विकास क्लब ओलिगाउका तर्फबाट खेलेका शिवराज स्वार म्यान अफद म्याच घोषित भए । यौटा सम्झन लायक खेलको नमुना सो प्रतियोगितामा समेत देख्न पाईयो ।

यस अघिका ३ प्रतियोगिता जितेको डिफेन्डीग च्याम्पीयन टँक स्मृति युवा क्लब जुपुले लजास्पद हारका साथ लिग चरण बाटै २ खेल हारेर प्रतियोगिता बाट बाहीरिनु परयो । अर्को मैले हेरेको नेपालको क्रिकेट ईतिहासमा त्यसै जुपुका विरुद्ध करिब २ सय पचासको स्ट्राईक रेटका साथ १६ बलमा ४४ रन बनाएका कालिका सन्तोष रावल २०७३ को सिजनमा वलिगाउमा हिरो बनेका थिए । अर्को प्रतियोगितामा भरिमा ५ खेल खेलका मंगला विकास क्लब ओलिगाउका ओपरन बलर कमल रावल कुनै पनि ४ र ६ को वाउन्ड्री नदिने लिष्टमा परेका छन ।

अन्य खेलाडीमा स्पीनर बल तथा बाया हातका ब्याडसम्यान टिकाराम पाल, जुपुका कप्तान शैलेन्द्र रावलको ब्याटिग, वलिगाउका भुपेन्द्र शाह, हेमन्त रावल, विरेन्द्र रावलको समेत २०७३ सालको ब्याटिग ओलिगाउमा निकै सम्झन लायक बनेको छ ।

अन्तमा कसरी सफल भयो त प्रतियोगिता जब बैशाख महिना लाग्यो तब अ‍ेलिगाउको तोल्यानमा क्रिकेट यसपालिका हुन्छ की हुन्न भन्ने सबै क्षेत्र बाट क्रिकेट खेल प्रेमिको आवाज उठन थाल्छ । त्यसैलाई मध्यजनर गर्दै बैशाख १२ गते हामि क्रिकेट खेलाडी लगाएका क्लका अध्यक्षका सा यौटा बैठकका साथ बैशाख १७ गते बाट प्रतियोगिता गर्ने जिल्लामै ठुलो धनारारशको गरैर छोडने अठोटका साथ हामि अघि बढेउ ।

तर क्लब संग आर्थिक भने कुनै थिएन । त्यसपछि हामिले प्रतियोगिता सफल पार्नका लागि सहआयोजकका साथ सहयोगका लागि जिल्ला युवा सञ्जाल अछामलाई अनुरो गरेउ । जहाँ जिल्ला युवा सञ्जाल अछामले सहर्ष रुपमा प्रतियोगितालाई प्रचार प्रसारका लागि सहयोग गर्ने प्रतिबद्धता जनायो ।

त्यसै गरि जिल्लाकै ठुलो धनाराशि भनि सकेपछि बर्षेनि सहयोग गर्दै आएको भुवन स्टशनरि स्टोर, श्रृष्टि पुस्तक पसल, ज्ञानकुञ्ज कम्प्युटर सेन्टर मगलसेन र ओलिगाउमा रहेका पुष्प किराना पसल, अनुस्का किराना पसल र जनज्योथि बोडीग स्कुल ओलिगाउले खुल्ला दिलका साथ प्रतियोगिता सफल पार्न हामि सहयोग गर्छौ भनि प्रायोजकको जिम्मा लिए । प्रतियोगिता अवधि भर आर्थिक, भौतिक र सामाजिक रुपमा शैक्षिक क्षेत्र बाट मंगला नेरा उच्च मावि अ‍ेलिगाउले पनि साथ दिएको थियो ।

अर्को हामिले धन्यवाद दिनै पर्छ ति ५ जना युवा लाई जो साझ विहान आफनो पसिना चुहाएर विदेशमा काम गरिरहेका उहाँहरुले आफनो गाउमा ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुदैछ भन्ने वित्तिकै विदेशका बाट नै आर्थिक रकम पठाए । ओलिगाउका दक्षिण कोरिया रहेका रतन बहादुर रावल, राम बहादुर रावल, साउदीमा रहेका रमेश बहादुर रावल, टँक बहादुर रावल, दुवईमा रहेका भरत बहादुर रावलले एकमुष्ट १७ हजार नगद हामिलाई पठाए । यस्तै प्रतियोगितामा ब्यानरमा भएपनि सौजन्यको रुपमा जेसिज अछाम र द स्टार मोबाईल ग्यालरिले साथ दियो ।

अन्तमा प्रतियोगिता सफल पार्नका लागि ओलिगाउको तोल्यानलाई चिनाउनका लागि र खेलाडीलाई चिनाउनका लागि जिल्लामा रहेको रेडियो रामारोशन, रेडियो जनप्रिय, रेडियो सोशाईटि, रेडियो अछाम, रेडियो पञ्चदेवल, परिवर्तन एफएम तथा रामारोशन दैनिक, खप्तण्ड न्युज दैनिक, वैद्यनाथ दैनिक, सुदुर खबर साप्ताहीक, सिदा दृष्टि लगाएत राष्ट्रिय सञ्चार माध्याम, अनलाईन पत्रिकाले प्रचारप्रसारमा निकै साथ दिए ।

अन्तमा २०७३ को प्रतियोगिता सफल पार्नका लागि यति धेरै सहयोगी मन जुटे उहाँहरु प्रति हामि आभारि नै छौँ । आगामि १० औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौँ ।

कमल कुमार रावल ९ औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता प्रचार प्रसार संयोजक

यस बिषयमा तपाइको प्रतिक्रिया...!