2026-08-31 10:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बाढीले बगाएको गैँडालाई भारतबाट उद्धार गरी निकुञ्जमा छाडियो

 भदौ १६, चितवन। चितवन राष्ट्रिय निकुञ्जबाट बाढीले बगाएर भारत पुर्याएको एउटा दुर्लभ एकसिङ्गे गैँडालाई उद्धारपछि निकुञ्जमा ल्याएर छाडिएको छ । 

दुई दिनको अथक प्रयासपछि उद्धार गरिएको गर्भिणी गैँडालाई बिहीबार राति ८ बजे चितवनको रत्ननगरस्थित जनकौली मध्यवर्ती सामुदायिक वनबाट निकुञ्जमा छाडिएको सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल तथा वरिष्ठ पशु चिकित्सक डा कमल गैरे नेतृत्वको टोलीले नेपाल–भारत सीमा क्षेत्रको दक्षिणपूर्व करिब १६ किलोमिटर टाढा भेडियारी भन्ने स्थानबाट बिहीबार दिउँसो गैँडाको उद्धार गरेर पठाएको थियो । 

भारतमा गैँडा रहेको सूचना पाएपछि निकुञ्जको प्राविधिक सहितको टोली यही भदौ १३ गते उद्धारका लागि दोस्रो पटक भारत गएको थियो । दुई दिनको प्रयासमा करिब १५ वर्षको गर्भिणी गैँडाको उद्धार भएको हो । 

यसअघि पनि निकुञ्जले भारतबाट पाँच र नेपाल–भारत सीमा क्षेत्रबाट एउटा गरी ६ वटा गैँडाको उद्धार गरिसकेको छ । अहिलेसम्म बाढीबाट बगाएका सात गैँडाको उद्धार भएको चितवन निकुञ्जले जनाएको छ । छ वटाको उद्धार गरी फर्किएको टोली पुनः गैँडा रहेको थाहा पाएपछि उद्धारका लागि भदौ १३ गते पुनः भारत गएको थियो । 

अझै एउटा गैँडा रहेकाले प्राविधिक सहितको टोली गैँडाको खोजीमा भारतमै रहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । उद्धारमा चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष तथा भारतको वाल्मीकि टाइगर रिजर्भका अधिकारीहरु संलग्न छन् । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने