भदौ १६,पोखरा। भ्रष्टाचार नियन्त्रण एवं सुशासनका क्षेत्रमा क्रियाशील संस्था सेन्टर फर मिडिया फ्रिडमको आयोजना एवं सोडेक नेपाल र गभर्नेन्सको सहकार्यमा पोखरामा आयोजित वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६,पोखरा। भ्रष्टाचार नियन्त्रण एवं सुशासनका क्षेत्रमा क्रियाशील संस्था सेन्टर फर मिडिया फ्रिडमको आयोजना एवं सोडेक नेपाल र गभर्नेन्सको सहकार्यमा पोखरामा आयोजित वि"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

भ्रष्टाचार नियन्त्रणमा युवाको महत्वपूर्ण भूमिका

१६ भाद्र २०७४, शुक्रबार ०८:२१

भदौ १६,पोखरा। भ्रष्टाचार नियन्त्रण एवं सुशासनका क्षेत्रमा क्रियाशील संस्था सेन्टर फर मिडिया फ्रिडमको आयोजना एवं सोडेक नेपाल र गभर्नेन्सको सहकार्यमा पोखरामा आयोजित विद्यार्थी अभिमुखीकरण कार्यक्रममा भ्रष्टाचार नियन्त्रणका लागि युवावर्गको महत्वपूर्ण भूमिका हुनेमा जोड दिइएको छ । 

भ्रष्टाचारले नेपाली समाज ग्रसित बनिरहेको बताउँदै कार्यक्रमका वक्ताले यसलाई समाजबाटै निर्मूल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

कार्यक्रममा वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले राज्यमा सुशासन कायम हुन नसक्दा भ्रष्टाचारयुक्त देशको सूचीमा नेपाल परेको बताउँदै विद्यार्थी तथा युवावर्ग यसको अन्त्यका लागि जागरुक बन्नुपर्ने बताउनुभयो । उहाँले जवाफदेहिता, पारदर्शिता, कानूनको शासन, उत्तरदायीपन आदिका माध्यमबाट भ्रष्टाचार न्यूनीकरण गर्न सकिनेमा जोड दिनुभयो । 

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले समाजको तल्लो तहदेखि नै भ्रष्टाचार नियन्त्रणको प्रयास गरे मात्र राज्यमा सुशासन कायम गर्न सकिने उल्लेख गर्नुभयो । 

पत्रकार राजेन्द्र फुयाँलले विद्यालय तहदेखि नै समाजमा सुशासन कायम गर्न सहयोग पु¥याउने किसिमका पाठ्यक्रम राख्नु आवश्यक भएको बताउँदै संस्थागतरुपमै भ्रष्टाचार हुने प्रवृत्तिले दिनप्रतिदिन जटिलता निम्त्याएको बताउनुभयो । 

बुधबारदेखि कास्कीका विभिन्न विद्यालयमा जारी अभिमुखीकरण कार्यक्रममा ११ र १२ कक्षाका साथै स्नातक तहका विद्यार्थीलाई भ्रष्टाचार नियन्त्रण एवम् न्यूनीकरणका विविध पक्षबारे जानकारी गराइएको सेन्टर फर मिडिया फ्रिडमका संस्थापक सदस्य एवं पत्रकार बिमल गौतमले जानकारी दिनुभयो । 

फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले यस किसिमका अभिमुखीकरणले बिस्तारै जनमानसमा भ्रष्टाचार विरुद्धको सचेतना अभिवृद्धि गर्ने बताउनुभयो । 

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले समाजको तल्लो तहदेखि नै भ्रष्टाचार नियन्त्रणको प्रयास गरे मात्र राज्यमा सुशासन कायम गर्न सकिने उल्लेख गर्नुभयो । 

परियोजना निर्देशक डा. पियुष मिश्रका अनुसार बुधबार पार्दी उच्च मावि, छोरेपाटन उच्च मावि र बिहीबार जनप्रिय बहुमुखी क्याम्पसका लगभग चारसय विद्यार्थीलाई अभिमुखीकरण गराइएको छ । 

त्यस्तै, शुक्रबार गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस छोरेपाटन र रुपा गाउँपालिकास्थित रामकोट उच्च माविमा अभिमुखीकरण गराइने आयोजकले जनाएको छ । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो