2026-08-06 02:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

टिकटकमार्फत भ्रम फैलाउने युवती पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमार्फत जातीय तथा साम्प्रदायिक भावना भड्काउने सामग्री प्रसारण गरेको अभियोगमा एक युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा खोटाङ जिल्लाको हलेसीतुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया रमा बस्नेत रहेको साइबर ब्युरो, काठमाडौँले जनाएको छ।

प्रहरीका अनुसार बस्नेतले नियोजित रूपमा सामाजिक सञ्जालमा संवेदनशील विषयवस्तुहरू प्रस्तुत गर्दै जातीय विद्वेष फैलाउने, प्रतिष्ठित व्यक्ति तथा संस्थामाथि तथ्यहीन आरोप लगाउने तथा चरित्र हत्या हुने खालका सामग्रीहरू सार्वजनिक गर्ने कार्य गरिरहेकी थिइन्।

प्रविधिक विश्लेषण र अनुसन्धानबाट संलग्नता पुष्टि भएपछि उनलाई आइतबार भक्तपुरबाट नियन्त्रणमा लिइएको हो।

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी उनलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ। अदालतको आदेशअनुसार थप अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जनाएका छ।

प्रहरीले सामाजिक सञ्जालमा आपत्तिजनक र भ्रामक सामग्रीको नियमन तथा नियन्त्रणलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक तरकारी बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु सुनचाँदीको मूल्यमा भारी वृद्धि यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग