२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपाल पर्यटन पत्रकार संघ अछामको अध्यक्षमा शाही

१६ भाद्र २०७४, शुक्रबार १७:२५

कमल रावल/भदौ १६, अछाम । अछाममा नेपाल पर्यटन पत्रकार संघ गठन गरिएको छ । 

अछाममा सक्रिय पत्रकारिता गरिरहेका पत्रकाहरुको शुक्रबार भएको भेलाले नरेश शाहीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्ष ललित कुमार केसी, महिला उपाध्यक्ष भारती नेपाली, सचिव शिवराज ढुगाना, खुल्ला सह–सचिव रमेश रावत, महिला सह–सचिव सिता ठकुल्ला, कोषाध्यक्ष कल्पना वोहरा रहेका छन् । 

यस्तै सदस्यमा ८ जनालाई चयन गरेको छ । यस्तै भेलाले अछामका दशवटै स्थानीय तह, अछाम उद्योग वाणिज्य संघ, वैद्यनाथ क्षेत्र विकास संस्था, अछाम सार्वजनिक यातायात समिति, तितौडा पर्यटन विकास समिति समेटेर सल्लाहकार समिति गठन गरेको छ । 

अछाम जिल्लामा रहेका पर्यटकीय स्थल खप्तड, रामारोशन, वैद्यनाथ क्षेत्र, विनायक–पञ्चदेवल तितौडा क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्य रहेको अध्यक्ष शाहीले बताउनु भयो । यहाँका प्राकृतिक, सांस्कृतिक, धार्मिक, एवम् मानव निर्मित सम्पदाको संरक्षण तथा संवर्द्धन गर्दै अछामलाई आकर्षक, रमणीय र सुरक्षित गन्तव्य स्थलको रूपमा विकास गर्ने उद्देश्य रहेको शाहीले बताउनु भयो । 

उहाँले अछाममा पर्यटन क्षेत्रमा क्रियाशिल संघ संस्थासँग समन्वय गरेर अघि बढ्ने पनि बताउनु भयो । प्रचार प्रसारको अभावमा रहेका पर्यटकीय स्थलको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तर सम्म प्रचार प्रसार गर्ने वरिष्ठ उपाध्यक्ष ललित कुमार केसीले बताउनु भयो । 

उहाँले पर्यटकीय क्षेत्रको माध्यम बाट आय आर्जनसँगै स्वरोजगार बनाउने उद्देश्य रहेको पनि बताउनु भयो । पर्यटन व्यवसायबाट प्रत्यक्ष लाभ पाउने निजी क्षेत्र, व्यवसायीहरूसँग छलफल गरिने बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…