2026-10-07 05:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका

काठमाडौँ । तमानखोला गाउँपालिकाले दलित समुदायका युवालाई आयआर्जनसँग जोड्न बाँसका सामग्री बनाउने तालिम दिन थालेको छ । गाउँमा पाइने बाँस तथा निगालेलाई उपयोग गरी युवालाई उद्यमी बनाउने उद्देश्यले तालिम दिन थालिएको हो ।
उच्च पहाडी क्षेत्रमा पर्ने तमानखोलामा पर्याप्त बाँस तथा निगालो पाइने हुँदा तालिमबाट सीप सिकेर त्यसलाई आयआर्जनको माध्यम बनाउन सकिने छ । बुढापाकाले वषौँदेखि परम्परागत रुपमा ढालो, नाङ्लो, डोरी लगायत सामग्री बनाएर प्रयोग गर्दै आए पनि बिक्री कम हुँदै आएको थियो ।
बजारमा बिक्ने सामग्री निर्माण गरेर युवालाई उद्यमी बनाउने उद्देश्यले तालिम दिइरहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । पालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु चार लाख ७५ हजारले युवालाई तालिम दिएको उहाँले जानकारी दिनुभयो ।
ललितपुरबाट प्रशिक्षक झिकाएर १५ दिने तालिम दिइरहेको अध्यक्ष बुढा मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँसबाट गाउँमा अहिले बुढापाकाले विभिन्न सामग्री बनाउने गर्नुहुन्छ, उहाँहरुले बनाए पनि घरायसी प्रयोजनका लागि मात्रै प्रयोग हुन्छ, बजारमा लगेर बिक्री गर्ने प्रचलन कम भएकाले पुस्ताले त्यसतर्फ केन्द्रित गर्न खोजेका छौँ । युवालाई बाँसबाट आकर्षक सामग्री बनाउन सिकाएर उद्यमी बन्न प्रेरित गरिरहेका छौँ, उहाँहरूले सीप सिकेर उत्पादन गर्न थाल्नुभयो भने त्यसको बिक्रीमा समस्या भए पालिकाले सहजीकरण गर्नेछ ।”
तालिममा गाउँपालिकाका छ वटै वडाका युवाहरू सहभागी छन् । युवालाई फोटो फ्रेम, कुर्ची र टेबललगायत सामग्री बनाउने सीप सिकाइने अध्यक्ष बुढामगरले उल्लेख गर्नुभयो । सीप सिकेर युवाले सामग्री बनाउन थालेपछि वनजङ्गलमा खेर गइरहेका बाँस र निगालो प्रयोगमा आउने उहाँको भनाइ छ ।
तालिममा सहभागी धनीराम घमालले बाँसको चुयाबाट आकर्षक सामग्री बन्ने भएकाले प्रशस्त आम्दानी गर्न सकिने बताउनुभयो । आफूले पहिलेदेखि मुढा बनाउने गरेको भन्दै अहिले तालिमबाट थुप्रै प्रकारका सामग्री बनाउन सिकिरहेको उहाँले उल्लेख गर्नुभयो ।
तालिमपछि बाँसका सामग्री बनाएर आफ्नै आयआर्जन सर्न सकिने आत्मविश्वास बढेको उहाँले बताउनुभयो । “हाम्रो गाउँघरमा पाइने बाँसबाट प्रयोगमा आउने आकर्षक सामान बनाउन सकिन्छ । अहिलेसम्म हामीले मेसो पाएका थिएनौँ, प्रशिक्षक सरले आकर्षक सामान बनाउन सिकाउनुभएको छ । आगामी दिनमा बाँसका सामग्री बनाएर बिक्री गर्ने योजना छ”, घमालले भन्नुभयो, “आर्थिक अवस्था कमजोर छ, पालिकाले सहयोग ग¥यो भने सानोतिनो उद्यम गर्ने योजना छ ।”
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो