चिसाङ शेर्पा/भदौ १७, खोटाङ । खोटाङमा अत्याधिक मात्रामा विधुत कटौती हुने समस्याले उपभोक्ताहरु अध्याँरोमा वस्न बाँध्य बनेका छन् । 

पछिल्लो अवस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा/भदौ १७, खोटाङ । खोटाङमा अत्याधिक मात्रामा विधुत कटौती हुने समस्याले उपभोक्ताहरु अध्याँरोमा वस्न बाँध्य बनेका छन् । 

पछिल्लो अवस"/>

2026-09-19 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा विधुत कटौती किन धेरै हुन्छ ?


चिसाङ शेर्पा/भदौ १७, खोटाङ । खोटाङमा अत्याधिक मात्रामा विधुत कटौती हुने समस्याले उपभोक्ताहरु अध्याँरोमा वस्न बाँध्य बनेका छन् । 

पछिल्लो अवस्थामा लोडसेडिङ तालिका प्राधिकरणको सेड्युलमा नभए पनि दिनहुं बत्ती काटिने समस्याले खोटाङका ११ हजार ५ सय घरधुरीका विधुत उपभोतmाहरुले भनेका समयमा विजुली खपत गर्न नपाएका हुन् । साविकका ३९ गाविसहरुमा सञ्चालन भईरहेको विधुत सिष्टम गएका अलवा दिनमा ६÷७ पटकसम्म वत्ती काटिदा व्यापार, व्यावसायमा प्रत्यक्ष असर पुगेको व्यापारीहरु बताउँछन् ।

वारम्वारको विजुली कटौतीका कारण जिल्लामा सञ्चालित एफएम रेडियो, पत्रपत्रिका, छापाखाना, कुटानी पिसानी मिल, साना उधोग, पेट्रोलपम्प, नमस्ते, स्काई, एनसेल फोनका टावर लगायतका विधुतीय साधन चलाउन चुनौती थपिएको छ । छिनछिनमा विधुत कटौती हुंदै बत्ती आउदा÷जाँदा सयौ विधुतीय साधनहरु जल्ने तथा विग्रने गरेको छ ।

हिउँदको समय सातामा ४४ घण्टा र दिनमा ७ घण्टा लोडसेडिङ्गको चर्को मार खेपीरहेका खोटाङ्गे जनतालाई साप्सु कालिका हाईड्रोपावरले केही राहत दिने आँकलन गरिए पनि हाईड्रोपावर खासमा प्रभावकारी नहुंदा खोटाङले वर्षातको समयमा समेत वत्ती कटौतीको मार खेप्नु परेको पूर्व जिविस सभापति विष्णुकुमार राईले बताए ।

नेपाल बिधुत प्राधिकरण शाखा बितरण केन्द्र दिक्तेलका अनुसार ‘सव,स्टेशनसम्म ३३ केभी लाईनको रुट लामो हुंदा सिस्टम गईरहने, ३३ केभी अपग्रेड भई ११ केभी ट्रान्सर्फरसम्मका विभिन्न रुटमा समस्या आउँने र बनाउनका लागि वत्ती काट्नै पर्ने वाध्यता रहेको जनाए । उपभोतmाको घरमा सानो समस्या भए नि वनाउनको लागि वत्ती काट्नैपर्छ प्राधिकरणले थपे । 

पिक आवरमा ट्रिप खानु, फिडर सवै जानु र केन्द्रिय विधुतको भरमा चल्ने साप्सु कालिका हाईड्रोपावरले अपेक्षा गरिए अनुसार पावर नदिनुले पनि उपभोक्ताहरु विधुत कटौतीको मारमा परेको प्राधिकरणको भनाई छ । विधुत प्राधिकरणले भौगोलिक परिवेश अनुसार दक्ष जनशतिm खटाउन नसक्दा विधुत विग्रिएर थनकने गरेको छ । कतीपय स्थानमा बत्ती नै नवाली महिनाको महशुल मात्रै तिर्न परेको समेत उपभोतmाहरु बताउँछन् ।

हलेसी, नुनथला, जालपा रुटमा अत्याधिक वत्ती कटौती

नेपाल बिधुत प्राधिकरण शाखा बितरण केन्द्र दिक्तेलले पछिल्लो अवस्थामा खोटाङमा ३ रुट बनाएर विधुत वितरण गरिरहेको छ । प्राधिकरणको वुईपा सव,स्टेशनवाट दिक्तेल, हलेसी, राजापानी रुटमा विधुत वितरण भईरहेको छ । 

हलेसी रुटमा अनावश्यक रुपमा वत्ती कटौती हुंदा त्यस भेगका विजुले, हलेसी, लामीडाडाँ, नुनथला, कुभिण्डे, जालपा, वाक्सिला, वासपानी र ओखलढुङगाका उपभोक्ताहरुलाई दैनिक कामकाज गर्नमा वाधा पुगेको छ । 

प्राधिकरणको सव,स्टेशन वुईपावाट विभिन्न वहानामा वत्ती कटौती गरिदा कुटानी पिसानी मेशिन मिल चलाउन समस्या भएको नुनथला १३ का प्रतापसिं तामाङले बताए । ‘वत्ती छिनछिनमा आउने जाने टुङगो नहुंदा विधुतीय साधन चलाउन खतरा हुन्छ । दिगो तरिकाले लाईन आउँदैन त्यही डर भए पनि जोखिम मोलेर साधन चलाउनुपर्छ उनले थपे ।’

दिक्तेल २ का फुर्वा शेर्पालाइ विधुत कटौतीको मार मात्र हैन कम भोल्टेजको समस्याले समेत हैरानी बनाएको छ । खोटाङ अक्वा मिनिरल वाटर उधोगद्धारा प्रशोधित मिरमिरे जल उत्पादनका लागि चलाउनुपर्ने मेशिनलाई भोल्टेज नपुग्दा शेर्पा विधुतमा भर गर्दैनन् । साना मेशिनहरु मात्र चलाउँछ ठूलो चलाउन परे जेनेरेटरको प्रयोग गर्नुपरेको उनी वताउँछन् । 

वुईपाका मन कुमार राई वारम्वारको विधुत कटौतीले आफ्नो व्यावसायमा ह्रास आएको वताउँछन् । रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ मा सेटनेट अटो कनेक्सन मोटरसाईकल वर्कसप सञ्चालन गरिरहेका राईले निरन्तर विधुत नआउँदा काम गर्न नसकिएको सुनाए । ‘दिनमा दर्जनवढी कामहरु विजुलीको भरमा गर्नुपर्ने हुन्छ, दिनमै विजुली कटौती ज्यादै हुन्छ कसरी काम गर्नु ।’ 

उनी जस्तै उक्त रुटमा अन्य २ वर्कसप विधुत कटौतीवाट पिडित छन् । 

यता, प्राधिकरण भने लोडसेडिङ तालिका नभएको स्वीकार्दै दामीसाई रुपमा विधुत दिन खोजिए पनि सव,स्टेशनवाट ट्रान्सर्फरसम्म पुग्ने ११ केभी लाईनहरुमा समस्या हुंदा मात्र विधुत कटौती गरिएको जिकिर गर्छन् । प्राधिकरणको विधुत विस्तार योजनामात्र हुनु दिगो र भरपर्दो काम नहुंदा वारम्वार वत्ती कटौतीको मारमा यसका उपभोक्ताहरु मुछिएका हुन् । 

खोटाङको नुनथलामा राखिएको २५ वाटको ट्रान्सर्फर । तस्विर: चिसाङ शेर्पा, खोटाङ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई