2026-08-06 12:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नियमविपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई कारबाही

काठमाडौं ।    नियम विपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरले कारबाही गरेको छ । कार्यालयले आज यहाँ सुरक्षाकर्मी लगायतका सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।
सो क्रममा कार्यालय प्रमुख डा कृष्ण पौडेलले ऐन नियमावली तथा पशु ढुवानी मापदण्डविपरीत अवैध रुपमा आयात तथा ओसारपसार गरिएका गोरु, राँगा, भँैसी, कुखुराका चल्ला, मासु, अण्डा, माछालगायत नष्ट गरी ती सवारीसाधनलाई कारबाही गरिएको बताउनुभयो । उहाँका अनुसार ती सवारीसाधनबाट रु एक लाख २३ हजार पाँच सय जरिवाना वापत राजस्व सङ्कलन गरिएको छ ।
उहाँका अनुसार यस कार्यालयबाट जाँचका क्रममा सबैभन्दा धेरै बोइलर कुखुराका चल्ला ओसारपसार हुने गरेको छ । तेस्रो त्रैमासिकसम्म बोइलर चल्ला ७७ लाख ३० हजार ९८५ वटा यस कार्यालय हुँदै भित्रने र बाहिरिएका छन् । यस्तै १० लाख ५९ हजार ४७६ अण्डाका पेटी जिल्लाबाट बाहिरिएको उहाँले जानकारी दिनुभयो । बोका, खसी, बाख्रा एक लाख ४० हजार १२४, राँगा, पाडा, पाडी ८३ हजार २८१, भैसी ७७५, गाई ३२४ यस बाटोबाट गएका छन् ।
पौडेलका अनुसार यो बाटो हुँदै तयारी मासुमा माछा ४११ दशमलव ३०९ मेट्रिकटन, राँगा, भैसीको मासु १७६ दशमलव ८८३ मेट्रिकटन, खसीको मासु ५५ दशमलव ५९७ मेट्रिकटन, कुखुराको मासु १३५ दशमलव ५८ मेट्रिकटन र वंगुरको मासु १७८ दशमलब ९६६ मेट्रिकटन यस सडकको बाटो हुँदै गएको छ ।
ढुवानी गरेर ल्याइएका पशुका लागि पशु विश्रामस्थल र अवैध रुपमा ल्याइएका वा मरेका पशुलाई नष्ट गर्ने वायोलोजिकल पिटको अभावका कारण समस्या भएको उहाँले बताउनुभयो । पशुलाई ढुवानी गरेर ल्याएपछि आठ घण्टासम्म विश्रामको आवश्यकता पर्ने भए पनि विश्रामस्थल नहुँदा समस्या भएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा विजय श्रेष्ठले स्थानीय तहमा वास्तिविक विवरण आउन नसक्दा समस्या भएको बताउनुभयो । आन्तरिक ओसारपसारका लागि स्थानीय तह जिम्मेवार बन्नु आवश्यक रहेको उहाँको भनाइ थियो । अहिले पशु क्वारेन्टाइन नहुँदा पशु हाटबजार रोग फैलाउने ‘हट स्पोट’ का रुपमा रहेको उहाँको भनाइ थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्माले अवैध रुपमा हुने ओसारपसार रोक्न स्थानीय प्रशासनले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सबै स्थानमा कडाइका साथ जाँच गरिरहेका छांै, त्यस्तो भेटिए कारबाही गर्छौँ ।”
सो अवसरमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष वसन्त पराजुली, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट, ह्याचरी उद्योग सङ्घका महासचिव ज्ञानबहादुर बिसुराललगायतले छिमेकी देशको खुला नाकाका कारण व्यवसायी मारमा परेको भन्दै यसलाई कडाइ गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक तरकारी बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु सुनचाँदीको मूल्यमा भारी वृद्धि यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग