पढ्न करिब 1 मिनेट लाग्छ

नन्द बहादुर रोकाया/भदौ १७, मुगु । मुगुमा झै–झगडा तथा महिला माथि हुने हिसात्मक गतबिधि मिलाई दिए बापत भेडा खुवाई घोडमा चडाउने घोडे भेडा प्रथा कायमै रहेको छ ।

गाउँ घरमा महिला माथि हुने हिंसा, घरेलु हिंसा जस्ता गतिबिधि माथी गाउँमै पैसा तिर्ने र मिलोमतो गरी न्याय दिएको बाहानामा भेडा खुवाई घोडमा चडाउने प्रथा कार्यमै रहेको हो ।

यस्तो घोडे भेडा प्रथाले समाजमा बिकृत फैलाएकै छ भने अर्का तिर महिला माथि हुने हिसांत्मक क्रियाकलाप बाहिर आउन दिएको छैन । पछिल्लो समयमा महिला सचेत भई महिला माथि हुने बिभिन्न खाले हिसांत्मक गतिविधि बाहिर ल्याउने कोशिश गरेपनि प्रथाको नाममा पैसा खाएर विकृती फैलाएको स्थानीयको भनाई छ ।

साधारण खालका अपराधका घटना मिलाउन जिल्ला अदालतमा मेलमिलाप केन्द्र भएपनि लुकाई, छिपाई गाउँमै हिंसात्मक गतिबिधि मिलाउन खोज्नुलाई महिला तथा बालबालीका कार्यलय मुगुले आपत्ती जनाएको छ ।

महिला तथा बालबालीका कार्यलय मुगुका महिला बिकास अधिकृत हसिना सुबेधि पराजुलिका अनुसार महिला माथि भएका हिसाँत्मक गतिबिधि कार्यलयमा आउने गरेको भएपनी एक दुई दिनमा पिडीतले बयान फेर्ने गर्र्नाले काम गर्न असहज भएको बताउनु हुन्छ ।