Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विवाहका लागि केटी हेर्न जानेक्रममा जिप दुर्घटना हुँदा युवकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ १७, सोलुखुम्बु ।</b> सोलुखुम्बुको दूधकोशी गाउँपालिका वाकुका ल्हाक्पा देण्डी शेर्पाको विवाहका लागि केटी हेर्न जानेक्रममा शनिबार जिप दुर्घटनामा परी ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा मृत्यु भएको छ ।<br></p><p>ना१ज ५६७८ नम्बरको जिपमा सवार २९ वर्षीय शेर्पा केटीको घर नपुग्दै जिप दुर्घटनामा परी मृत्यु भएको आफन्तले बताएका छन् ।</p><p>११ जना यात्री बोकेको जिप सडकबाट तल खस्दा शेर्पाको मृत्यु भएको र गम्भीर घाइते भएका अन्य चारजनालाई उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको ओखलढुंगाका प्रहरी नायब उपरीक्षक अर्जुन तिमल्सिनाले जानकारी दिए । रासस</p>