2026-10-07 05:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

स्याङ्जाका अस्पतालमा सर्पदंशको उपचार सुरु

काठमाडौँ । स्याङ्जाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा सर्पदंशको उपचार हुने भएपछि बिरामीलाई सहज भएको छ । जिल्लास्थित अस्पतालमा सर्पदंश सेवा सुरु गरेसँगै सर्पले डसेमा उपचारका लागि पोखरा तथा पाल्पा जानुपर्ने बाध्यता हटेको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालयले तालिमसहित चिकित्सक तथा उपकरणको व्यवस्थापन गरी सर्पदंश सेवा सुरु गरेको हो । स्याङ्जाका छ पालिकास्थित अस्पताल र दुई प्राथमिक स्वास्थ्य केन्द्र गरी आठ स्वास्थ्य संस्थामा सर्पदंशका बिरामीलाई उपचार सेवा दिइएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाँइले बताउनुभयो ।
जिल्लाका चापाकोट नगरपालिकास्थित चापाकोट नगर अस्पताल, वालिङस्थित गह«ौं प्राथमिक अस्पताल, गल्याङस्थित गल्याङ नगर अस्पताल र मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, भीरकोटस्थित भीरकोट नगर अस्पताल, पुतलीबजारस्थित स्याङ्जा जिल्ला अस्पताल, आँधीखोला गाउँपालिकास्थित सेतिदोभान अस्पताल र पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचार सेवा सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।
“विषालु होस् वा विषरहित सर्पले डसेको होस् जे जस्तो भए पनि बिरामी उपचारका लागि पाल्पा वा पोखरा जाने चलन बढी छ”, उहाँले भन्नुभयो, “जिल्लामा भएका अस्पतालमा सर्पदंशको उपचार प्रभावकारी नभएपछि अन्यत्र जाने गरेता पनि अबका दिनमा जिल्लाभित्रैका अस्पतालमा विषालु र विषरहितको कस्तो सर्पले डसेको हो भन्ने पत्ता लगाएर उपचार गरिन्छ ।”
तालिम प्राप्त स्वास्थ्यकर्मीले विषालु हो वा विषरहित सर्पको पहिचान गरी सोही अनुसारको उपचार गर्छन् । जिल्लाभित्र सर्पदंश उपचार सेवा अस्पतालमा सञ्चालन भएसँगै जटिलबाहेक सामान्य बिरामीको उपचार यहीँका स्वास्थ्य संस्थाहरुमा हुने भएपछि उपचारका लागि अन्यत्र जाने बिरामीको संख्या घट्दै गएको उहाँले बताउनुभयो । सर्पले डसेपछि जोखिम मोलेर घरमै नबस्न र एक पटक स्वास्थ्य संस्थामा गएर परामर्श तथा उपचार लिन पनि उहाँले सुझाव दिनुभएको छ ।
जिल्लामा वर्सेनि झण्डै २०० देखि २५० जनालाई सर्पले डस्ने गरेको तथ्याङ्क प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यसमध्ये धेरै जोखिम कालीगण्डकी नदीको किनारमा अवस्थित चापाकोट नगरपालिकामा रहेको छ । चापाकोटमा अन्य स्थानीय तहको तुलनामा सर्पले डसेका बिरामी धेरै हुने गरेकाले चापाकोट नगर अस्पतालमा सर्पदंश उपचार स्थापना गरिएको चापाकोका नगर प्रमुख देवबहादुर खाँणले जानकारी दिनुभयो ।
सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएसँगै सर्पको डसाइबाट बिरामी भएका मानिसले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । “सर्पले डस्नासाथै सामान्य उपचारका लागि पनि यहाँबाट अन्यत्र अस्पतालमा जानुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “नगर अस्पतालमै सर्पदंश उपचार सेवा सञ्चालनमा आएपछि अन्यत्र जानुपर्ने बाध्यता हट्नुका साथै समय र आर्थिक बचत पनि हुने छ ।”
स्याङ्जामै सबैभन्दा धेरै गर्मी हुने ठाउँको रुपमा चापाकोटसहितका कालीगण्डकी नदी किनारमा सर्पको डसाइ बढी हुने गरेको छ । चापाकोटमा सर्पदंश उपचार सेवा सञ्चालन भएसँगै छिमेकी जिल्ला तनहुँको दक्षिण पश्चिमी भेग, पूर्वी पाल्पा तथा नवलपुरको उत्तरी क्षेत्रका नागरिक लाभान्वित हुनेछन् । सर्पदंश उपचार केन्द्रमा आवश्यक सबै उपकरण जडान भइसकेको र उपचार सेवा सञ्चालन भएको चापाकोट नगर अस्पतालका डा अर्जुन पाण्डेले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो