विमल धामी/भदौँ १७, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो दुरीमा रहेको बेल्डाँडी–दैजी कच्ची सडकमा ट्रक फस्दा यातायात अवरुद्ध भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी/भदौँ १७, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो दुरीमा रहेको बेल्डाँडी–दैजी कच्ची सडकमा ट्रक फस्दा यातायात अवरुद्ध भएको छ । 
२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडी–दैजी सडकखण्ड: विच सडकमा ट्रक फस्दा यातायात अवरुद्ध

१७ भाद्र २०७४, शनिबार १२:३४

विमल धामी/भदौँ १७, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो दुरीमा रहेको बेल्डाँडी–दैजी कच्ची सडकमा ट्रक फस्दा यातायात अवरुद्ध भएको छ । 

शनिबार बिहान महेन्द्रनगर देखि बेल्डाँडी देखि जान लागेको ना२ख ९२८२ नम्बरको ट्रक बेल्डाँडी गाँउपालिका–२ कालिकिच विच सडकमा फस्दा यातायात अवरुद्ध भएको हो । 

बेल्डाँडीका स्थानीय युवा सन्देश पाण्डेले विच सडकमा ट्रक फस्दा पुर्ण रुपमा यातायात अवरुद्ध भएको बताए । विच सडकका ट्रक फस्दा समेत कुनै पनि निकायबाट सहायोग नभएका कारण बेल्डाँडी देखि महेन्द्रनगर लगायतका विभिन्न स्थान जाने यात्रु कालिकिचमा अलपत्र परेका छन् । 

‘विच जंगलको खाल्टो सडकमा गाडी फसेको छ, ‘उनले भने, ‘गाडी निकाल्न कुनै पनि निकायले ध्यान र चासो दिएको छैन् ।’ महेन्द्रनगरदेखि बेल्डाँडी, बेलौरी, शिवनगर, वैवाह, झर्नासागर जाने गाडी समेत फसेकै स्थानमा रोकिएका छन् । 

यात्रुहरु पैदलै घर जान बाध्य भएको स्थानीय पाण्डेले बताए । 

सडक कालोपत्रेका लागि स्थानीयले लामो समयदेखि सरकार संग माग गर्दा समेत सडक सुधार नभएका कारण बर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा आवत जावतमा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । 

पुर्वपश्चिम राजमार्ग दैजिदेखि बेल्डाँडीसम्म २२ किलोमिटर सडक सुधार नभएका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विच जंगलमै यात्रु अलपत्र पर्ने समस्या अझै नहटेको बेल्डाँडीका स्थानीय सन्देश पाण्डेको गुनासो छ । बेल्डाँडी गाउँपालिकाले समेत यात्रुको समस्या नबुझेको भन्दै यात्रुले जनप्रतिनिधीको बिरोध गरेका छन् । 

बेल्डाँडीदेखि महेन्द्रनगर आउन लागेको स्थानीय यात्रु मदन थापाले विच बाटोमा गाडी फसेर यात्रुको सास्तीमा स्थानीय जनप्रतिनिधीले कुनै भूमिका निर्वाह नगरेको गुनासो गरे । ‘म बजार जानका लागि शनिबार बिहानै ८ बजेको बसमा चढेको थिए, ‘उनले भने, ‘क्याम्पसमा पुग्दा फसेको ट्रक हटाउन नसक्दा बस महेन्द्रनगर जान सकेन्, म अहिले दिउँसो ३ बजेसम्म अलपत्र बसेको छु ।’ 

सडक सुधार नभएका कारण समग्र यात्रुले ज्यान जोखिममा यात्रा गर्नुपर्ने बाध्यता संगै जिल्लाको विकास निर्माणमा समेत बाधा उत्पन्न भएको छ । यो सडक अहिले हुलाकी राजमार्ग अन्तरगत काम भईरहेको छ । 

समाचार तयार पारुन्जेलसम्म ट्रक हटाउने कुनै पनि निकायबाट प्रयास भएको छैन् । यात्रुले स्थानीय सरकार लगायत सरोकारवालाको बिरोध गरेका छन् । भोट माग्ने बेला जनताको घरदैलोमा पुगेर झुकेर भोट माग्ने तर, जनतालाई पिरमर्का परेका बेला सहयोग गर्ने प्रयास समेत नगर्ने जनप्रतिनिधीको प्रवृतिको कडा रुपमा यात्रुले आलोचना गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो