विमल धामी/भदौँ १७, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो दुरीमा रहेको बेल्डाँडी–दैजी कच्ची सडकमा ट्रक फस्दा यातायात अवरुद्ध भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी/भदौँ १७, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो दुरीमा रहेको बेल्डाँडी–दैजी कच्ची सडकमा ट्रक फस्दा यातायात अवरुद्ध भएको छ । 
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडी–दैजी सडकखण्ड: विच सडकमा ट्रक फस्दा यातायात अवरुद्ध

२०७४, १७ भाद्र शनिबार १२:३४

विमल धामी/भदौँ १७, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो दुरीमा रहेको बेल्डाँडी–दैजी कच्ची सडकमा ट्रक फस्दा यातायात अवरुद्ध भएको छ । 

शनिबार बिहान महेन्द्रनगर देखि बेल्डाँडी देखि जान लागेको ना२ख ९२८२ नम्बरको ट्रक बेल्डाँडी गाँउपालिका–२ कालिकिच विच सडकमा फस्दा यातायात अवरुद्ध भएको हो । 

बेल्डाँडीका स्थानीय युवा सन्देश पाण्डेले विच सडकमा ट्रक फस्दा पुर्ण रुपमा यातायात अवरुद्ध भएको बताए । विच सडकका ट्रक फस्दा समेत कुनै पनि निकायबाट सहायोग नभएका कारण बेल्डाँडी देखि महेन्द्रनगर लगायतका विभिन्न स्थान जाने यात्रु कालिकिचमा अलपत्र परेका छन् । 

‘विच जंगलको खाल्टो सडकमा गाडी फसेको छ, ‘उनले भने, ‘गाडी निकाल्न कुनै पनि निकायले ध्यान र चासो दिएको छैन् ।’ महेन्द्रनगरदेखि बेल्डाँडी, बेलौरी, शिवनगर, वैवाह, झर्नासागर जाने गाडी समेत फसेकै स्थानमा रोकिएका छन् । 

यात्रुहरु पैदलै घर जान बाध्य भएको स्थानीय पाण्डेले बताए । 

सडक कालोपत्रेका लागि स्थानीयले लामो समयदेखि सरकार संग माग गर्दा समेत सडक सुधार नभएका कारण बर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा आवत जावतमा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । 

पुर्वपश्चिम राजमार्ग दैजिदेखि बेल्डाँडीसम्म २२ किलोमिटर सडक सुधार नभएका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विच जंगलमै यात्रु अलपत्र पर्ने समस्या अझै नहटेको बेल्डाँडीका स्थानीय सन्देश पाण्डेको गुनासो छ । बेल्डाँडी गाउँपालिकाले समेत यात्रुको समस्या नबुझेको भन्दै यात्रुले जनप्रतिनिधीको बिरोध गरेका छन् । 

बेल्डाँडीदेखि महेन्द्रनगर आउन लागेको स्थानीय यात्रु मदन थापाले विच बाटोमा गाडी फसेर यात्रुको सास्तीमा स्थानीय जनप्रतिनिधीले कुनै भूमिका निर्वाह नगरेको गुनासो गरे । ‘म बजार जानका लागि शनिबार बिहानै ८ बजेको बसमा चढेको थिए, ‘उनले भने, ‘क्याम्पसमा पुग्दा फसेको ट्रक हटाउन नसक्दा बस महेन्द्रनगर जान सकेन्, म अहिले दिउँसो ३ बजेसम्म अलपत्र बसेको छु ।’ 

सडक सुधार नभएका कारण समग्र यात्रुले ज्यान जोखिममा यात्रा गर्नुपर्ने बाध्यता संगै जिल्लाको विकास निर्माणमा समेत बाधा उत्पन्न भएको छ । यो सडक अहिले हुलाकी राजमार्ग अन्तरगत काम भईरहेको छ । 

समाचार तयार पारुन्जेलसम्म ट्रक हटाउने कुनै पनि निकायबाट प्रयास भएको छैन् । यात्रुले स्थानीय सरकार लगायत सरोकारवालाको बिरोध गरेका छन् । भोट माग्ने बेला जनताको घरदैलोमा पुगेर झुकेर भोट माग्ने तर, जनतालाई पिरमर्का परेका बेला सहयोग गर्ने प्रयास समेत नगर्ने जनप्रतिनिधीको प्रवृतिको कडा रुपमा यात्रुले आलोचना गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा