२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीमा जारी जिल्ला स्तरीय महिला प्रतियोगितामा आज मात्रै ५ वटा खेलहरु सम्पन्न

२७ मंसिर २०७२, आईतवार १३:३१

सीताराम ओझा/ मंसिर २७, धनगढी ।  कैलाली जिल्ला भलिवल संघको आयोजनामा धनगढीमा जारी जिल्ला स्तरीय महिला प्रतियोगितामा लिग चरणका खेलहरु जारी रहेका छन । विभिन्न आठ वटा टीमहरुले भाग लिएको प्रतियोगितामा आज ५ वटा खेलहरु सम्पन्न भएका हुन । आजका खेलहरुमा मोहन्या, चन्द्रोदय, एसपिए, र टीकापुर वहुमुखी क्याम्पस विजयी भएका छन । मोहन्यालले धनगढी उच्च मावि, चन्द्रोदयले शार उच्च मावि एसपिएले धनगढी उच्च मावि टीकापुरले चन्द्रोदय उच्च माविलाई २–० को सोझो सेटमा पराजित गरेका हुन । आजकै पाँचौ खेलमा मोहन्यालले जय मालिका कलेजलाई पनि सोझो सेटमा हराएको छ । दुई जितपछि मोहन्याल सेमिफाईनलमा पुगेको छ भने यसअघि कैलाली वहुमुखी क्याम्पसलाई हराई सकेको टीकापुर वहुमुखी क्याम्पस पनि अन्तिम चारमा प्रवेश गरेको छ ।

भोली विहान लिग चरणका जिल्ला स्तरीय अन्तर क्याम्पस स्तरीय भलिवल प्रतियोगिताको कैलाली वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुरेन्द्र चन्दले उद्घाटन गर्नुभएको थियो । कैलाली जिल्ला भलिवल संघका अध्यक्ष नारायणदत्त भट्टको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यष दिपक सिंह विशिष्ठ अतिथि रहनु भएको थियो ।

नवदुर्गा मन्दिरमा लागेको कोटीहोम महायज्ञमा भक्तजनहरुको घुईचो÷ दान गर्नेहरुको संख्या पनि वढ्दै÷ सीताराम ओझा, धनगढी
दीपक जोशी ।
धनगढी उपमहानगरपालिका–८ धनगढी गाउमा रहेको नवदुर्गा मन्दिरमा आयोजना भईरहेको कोटीहोम महायज्ञमा भक्तजनहरुको घुईचो लागेको छ । बडिमालिका सनातन धर्म नेपालको आयोजनामा भईरहेको कोटीहोममा श्रद्धालु भक्तजनहरुको भिड वढ्दै गएको छ ।

तीन जनाले तुलादान गरेका छन । निर्मला मल्ल, लालवहादुर खड्का र सरस्वती खड्काले तुलादान गर्नुभएको हो । तुलादान गर्दा वैकुण्ठमा वास हुन्छ भन्ने विश्वास लिने गरिएको छ । सुदुरपश्चिममै पहिलो पटक एक हजार ८ शालीग्राम पुजन तथा परिक्रममा गर्नेहरुको निकै घुईचो लाग्ने थालेको छ । एक हजार ८ पटक परिक्रममा गरेमा मनोकांक्षा पुरा हुने धार्मिक मान्यता रहेको छ । धनगढीमा पहिलो पटक सवा करोड दिप प्रज्वलन गरिएको कलश राखेमा सुख शान्ति र समृद्धि हुने विश्वास समेत लिने गरिएको छ ।

महायज्ञमा वाचक शिरोमणि पण्डित ऋषि राम पौडेलले प्रवचन दिईरहनु भएको छ । कथामा कलाकारहरुले झाकी सहित प्रस्तुती दिईरहेको महायज्ञ मूल आयोजक समितिका संयोजक दीपक खडकाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…