२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा सर्पको टोकाईबाट ९ बर्षीय बालकको मृत्यु

२०७४, १७ भाद्र शनिबार १२:५६

कमल रावल/भदौ १७, अछाम । सर्पको टोकाईबाट अछाम जिल्लामा एक बालकको ज्यान गएको छ । 

मंगलसैन नगरपालिका वडा नम्बर ७ बस्ने तिते जनालाका छोरा ९ बर्षीय नबिन जनालको सर्पको टोकाईबाट ज्यान गएको हो । आफ्नै घरमा सुतिरहेको बेला शुक्रवार राती १ बजे बालकको गालामा सर्पले टोकेको थियो । 

राती अस्पताल पुर्याउन नसकेको र गाउँघरमै झारफुक गर्ने क्रममा आज बिहान करिब ७ बजे बालकको ज्यान गएको उनका आफन्त खड्के कामीले बताउनु भयो । 

आमाबुवा दुवै कामको शिलशिलामा भारत रहेका र आफ्नो हजुरआमासंग सुतिरहेका उनलाई सर्पले टोकेको केही समयपछि घाँटी दुखेको र पछि पेट दुख्दै बान्ता भएको आफन्तले जनाएका छन् । 

आजभोली पाकेको मकै घरमा ल्याई फालेका र सर्प मकैमा लुकेको थियो । सर्प उनकी हजुरआमाको शरिरमा गएपछि थाहा भएको र पछि सर्पलाई मारि गाडेको स्थानीय धनी जैसीले बताउनु भयो । मृतक बालक नबिन जाल्पा माध्यामिक विद्यालयमा २ कक्षामा अध्ययनरत थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ