२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा सर्पको टोकाईबाट ९ बर्षीय बालकको मृत्यु

१७ भाद्र २०७४, शनिबार १२:५६

कमल रावल/भदौ १७, अछाम । सर्पको टोकाईबाट अछाम जिल्लामा एक बालकको ज्यान गएको छ । 

मंगलसैन नगरपालिका वडा नम्बर ७ बस्ने तिते जनालाका छोरा ९ बर्षीय नबिन जनालको सर्पको टोकाईबाट ज्यान गएको हो । आफ्नै घरमा सुतिरहेको बेला शुक्रवार राती १ बजे बालकको गालामा सर्पले टोकेको थियो । 

राती अस्पताल पुर्याउन नसकेको र गाउँघरमै झारफुक गर्ने क्रममा आज बिहान करिब ७ बजे बालकको ज्यान गएको उनका आफन्त खड्के कामीले बताउनु भयो । 

आमाबुवा दुवै कामको शिलशिलामा भारत रहेका र आफ्नो हजुरआमासंग सुतिरहेका उनलाई सर्पले टोकेको केही समयपछि घाँटी दुखेको र पछि पेट दुख्दै बान्ता भएको आफन्तले जनाएका छन् । 

आजभोली पाकेको मकै घरमा ल्याई फालेका र सर्प मकैमा लुकेको थियो । सर्प उनकी हजुरआमाको शरिरमा गएपछि थाहा भएको र पछि सर्पलाई मारि गाडेको स्थानीय धनी जैसीले बताउनु भयो । मृतक बालक नबिन जाल्पा माध्यामिक विद्यालयमा २ कक्षामा अध्ययनरत थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…