2026-11-02 12:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

बाँदर आतङ्क न्यूनीकरण गर्न ‘बाँदर बगैँचा’ निर्माण गरिँदै

2025-06-23

काठमाडौँ । बागलुङको जैमिनी नगरपालिकाले बाँदर आतङ्क न्यूनीकरण गर्न ‘बाँदर बगैँचा’ बनाउने भएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख नरबहादुर पुनले ग्रामीण क्षेत्रमा बाँदर आतङ्कका कारण किसानले गाउँ छाड्न थालेपछि कम क्षति पु¥याउने फलफूल र मसलाबालीको खेती गरिने बताउनुभयो ।

वडा नं ८ पुरानो गाउँमा ‘बाँदर बगँैचा’ बनाउने प्रमुख पुनको भनाइ छ । नयाँ आर्थिक वर्षमा कृषिलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रममा उल्लेख छ । युवालाई कृषिमा आर्कषण गर्न र किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले किसानलाई परिचयपत्र दिने भएको छ ।

पालिकाभरका सबै किसानलाई सूचीकरण गरेर परिचयपत्र दिने प्रमुख पुनले बताउनुभयो । नगरपालिकाले उत्पादनलाई बजारीकरण गर्नका लागि कृषि एमबुलेन्स सञ्चालनसमेत गर्ने भएको छ । दुग्ध उत्पादन बढाउन पशुको निःशुल्क नश्ल सुधार गर्ने, खोप लगाउने, औषधि र अन्य उपचार गराउनेदेखि उत्पादनको बजारीकरण गर्न किसानलाई सघाउने पुनले बताउनुभयो । किसानलाई प्रोत्साहन गर्न बाख्रा जोन बनाउने र दूध उत्पादन बढाउने नीति नगरपालिकाले लिएको छ ।

अण्डा र मासुमा आत्मनिर्भर बनाउने, उत्पादन र बिक्रीमा आधारित अनुदान दिएर काम गर्ने किसान प्रोत्साहन कार्यक्रम ल्याएको प्रमुख पुन बताउनुहुन्छ । हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने, राँगो र बङ्गुरलाई मासुको बजारीकरणमा जोड्ने, पाडापाडी उत्पादन बढाएर चीनसम्म मासु निर्यात गर्ने नीतिमा उल्लेख छ ।

गत वर्ष लिएको ‘सेरा जाऔँ, केरा खाऔँ’ कार्यक्रमलाई पनि निरन्तरता दिइने भएको छ । ‘छोरी जन्मे घर, खुसीको लहर’ भन्ने मूल नारासहित सञ्चालन भएको जैमिनीकी छोरी कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । छोरी जन्मेमा जन्मदर्ता गर्दा रु दुई हजार ५०० को खाता खोलिदिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पालिकाभित्र रहेका घरबारविहीनलाई घर बनाइ दिने नगर प्रमुख पुनले बताउनुभयो । फूसका छाना विस्थापन कार्यक्रमलाई निरन्तरता उहाँको भनाइ छ । सुकुम्बासी समस्या समधानका लागि आवश्यक प्रक्रिया पूरा गरी यसै वर्ष नगरपालिकालाई सुकुम्बासीमुक्त पालिका घोषणा गरिने पुन बताउनुहुन्छ ।

नगरपालिकाले विद्यार्थीलाई उपयुक्त सिकाई वातावरण र पोषिलो आर्गानिक खाजाका लागि एक वडा, एक आवासीय माध्यमिक विद्यालय एक विद्यालय एक करेसाबारी बनाउने गरी ‘हरित विद्यालय’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई उद्यमशीलता तथा उत्पादनसँग जोड्न पढदै कमाउँदै कार्यक्रम सञ्चालन गरी स्थानीय उत्पादनलाई पाठ्य सामग्रीको रुपमा प्रयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द