Skip to content
Friday, July 17, 2026 Nepali Online Media
September 4, 2017 झापा - JP, समाज

बनाउदै गरेको घरबाट खसेर मजदुरको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ १९, दमक । </b>घर बनाउने क्रममा लडेर झापाको दमकमा आज बिहान एक मजदुरको मृत्यु भएको छ ।&nbsp;<br></p><p>दमक–५ का हस्तबहादुर लिम्बूको घर बनाउने क्रममा झापा, कन्काई नगरपालिकास्थित सुरुङ्गा घर भएका गोपाल विश्वकर्माको लडेर मृत्यु भएको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।&nbsp;</p><p>आज बिहान १०: ४५ बजे घर निर्माणका क्रममा तेस्रो तल्लाबाट भुइँमा लडेर विश्वकर्मा गम्भीर घाइते हुनुभएपछि उपचारका क्रममा दमकको लाइफलाइन अस्पतालमा मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिनुभयो । प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरु गरिरहेको जनाएको छ । रासस&nbsp;</p>