Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गरीब, दुःखी तथा असहायहरूको सेवामा युवा विद्यार्थीलाई समर्पित गराउनु पर्ने

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

शंकर के सी/भदौ १९, सल्यान । विद्यार्थी जीवनदेखिनै गरीब, दुःखी तथा असहायहरूको सेवामा युवा विद्यार्थीलाई समर्पित गराउन सके असल समाज निर्माण गर्न सकिने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको जिल्ला स्तरिय १६ औं जुनियर÷युवा गोष्ठीमा बोल्ने बक्ताहरुले जुनियर÷युवा रेडक्रस सर्कल विपत्तिमा परेका युवाहरूको साथी बनेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

सोमबार देखि माध्यामिक विद्यालय किमुचौर, कपुरकोट सल्यानमा शुरु भएको दुइ दिने गोष्ठीमा जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर विष्टले विद्यार्थीमा अन्तनिर्हित प्रतिभालाई प्रष्फुटन गराउन जुनियर रेडक्रस सर्कल सफल भएको चर्चा गर्दै आगामी दिनमा पनि प्रभावकारी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।

उनले भने–‘जुनियर रेडक्रस सर्कलले विद्यार्थीलाइ सक्रिय गराइ समाजमा रहेका विकृतिहरूबाट बाँच्न तथा समाजमा आइपर्ने विपत्तिहरूसँग लड्ने क्षमतावान् नागरिक तयार गर्न सक्रिय भएर लाग्नुपर्छ ।’ यस्तै कार्यक्रममा कपुरकोट गाउँपालिकाका प्रमुख भिम बहादुर सेनले जुनियर÷युवा सर्कलमा म सेवा गर्छु भन्ने भावनाले भरिएका युवा, विद्यार्थी शक्तिहरूको जमात रहेकाले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए ।

‘विद्यार्थी जीवनमा सिकेका कुराहरूले जीवनको अन्तिम क्षणसम्म राम्रो प्रभाव पार्न सक्छ,’ सेनले भने– ‘त्यसका लागी जुरेसले अझै प्रभावकारि काम गर्दै जाने छ भन्ने मेरो विश्वास छ, यसलाइ हरेक विद्यालयमा विस्तार गर्दै लैजानु पर्छ ।’

सर्कलमा जिल्ला संयोजक दिल्ली प्रसाद जैशीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधी दामोदर शर्मा, श्रोतव्यक्ति कृष्ण भण्डारी, नेपाल शिक्षक महासंघ सल्यानका संयोजक बामदेव अधिकारि, पत्रकार महासंघ सल्यानका सचिव शंकर के सी, मावि किमुचौरका अध्यक्ष हरिलाल पुन, प्रधानाध्यापक सिट्टीसाप विष्ट लगाएतकाले मन्तव्य राख्दै विद्यार्थीलाइ देश तथा विदेशको वर्तमान अवस्थाको बारेमा जानकारी गराई मानवीय भावनाको विकास गराउनुपर्ने बताएका थिए ।

सोमबार र मंगलबार आवासीय रुपमा मावि किमुचौरमा संचालन हुने गोष्ठीमा जिल्लाका सम्पूर्ण मावि र निमाविबाट १ जना शिक्षक नायक, १ जना छात्रा र १ जना छात्र जुरेस सदस्य गरी तीनतीन जना सहभागी छन् । सल्यानमा ५५ बढि विद्यालयमा सर्कल गठन भएको र तीन हजार बढि सदस्यहरु रहेको बताउँदै सर्कलका सदस्य सचिव बिरेन्द्र कुमार राईले हरेक जुरेस सधै मानव सेवा प्रति सचेत र चनाखो रहने बताए ।