२८ असार २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रक्तदान महोत्सवले धान्यो गर्मी मौसमको रगत अभाव

१० असार २०८२, मंगलवार १२:५२

काठमाडौँ । गत वर्ष यो समयमा रगतको चरम अभाव भएपछि पोखराबाट एक हजार युनिट (पोका) रगत चितवन ल्याइएको थियो । अघिल्ला वर्षहरुमा यो समयमा जिल्ला बाहिरबाट ल्याउनुपर्ने बाध्यता थियो । यस वर्ष भने विश्व रक्तदाता दिवसका अवसरमा गत जेठ ३१ गते यहाँ आयोजना गरिएको रक्तदान महोत्सवमा ठूलो मात्रामा रगत सङ्कलन भएपछि अभाव टरेको हो ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ब्लड डोनर्स सोसाइटीले आयोजना गरेको रक्तदान महोत्वमा एक हजार ७१७ युनिट रगत सङ्कलन भएको थियो । पौडेलका अनुसार जिल्लामा अहिले दैनिक १०० युनिट हाराहारी रगतको माग रहेको छ । फाटफुट हुने रक्तदान कार्यक्रमहरुबाट पनि रगत सङ्कलन भइरहेको छ ।

पौडेलले भन्नुभयो, “१५–२० दिनका लागि जिल्लामा रगतको अभाव हुँदैन ।” उच्च गर्मी मौसम, खेतीबालीको समयलगायतका कारण रगतको अभाव हुने गर्दछ । यो समयमा रक्तदान गर्न रक्तदाता हिच्किचाउने गर्दछन् । यही समयमा बिरामीको सङ्ख्या बढी हुने गर्दछ । त्यसका कारण बिरामीका आफन्तले रक्तदाता खोजेर रगतको गर्जाे टार्नुपर्ने बाध्यता रहेको थियो ।

चरम अभावको समयमा भएको रक्तदानले निकै सहज भएको पौडेलले बताउनुभयो । ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीका अनुसार नेपालमा पहिलोपटक एकै ठाउँमा एकै दिन यति ठूलो सङ्ख्यामा रक्तदान भएको हो । नयाँ रक्तदाता समेतलाई आकर्षित गर्न महोत्सव गरिएको अधिकारीले बताउनुभयो ।

चितवनमा दुई मेडिकल कलेज, भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, बकुलहर रत्ननगर अस्पताललगायत निजी २५ भन्दा बढी साना अस्पतालमा रगतको माग हुने गर्दछ । क्यान्सरका बिरामी, दुर्घटनाका घाइते, सुत्केरी, मिर्गाैलाको डाइलासिस, थालेसेमियालगायतका बिरामीलाई बढी मात्रामा रगत चाहिने गर्दछ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफ्ताव आलम प्रकरणः न्याधीशहरूलाई कालोमोसो दलेका नेताहरूलाई पार्टीको सम्मान बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरेर काठमाडौँ पठाइयो बालिकाको बलात्कार र हत्या अभियोगमा इरानमा फाँसी उत्पीडित समुदायको राजनीतिक, आ‘र्थिक र सामाजिक विकास हुनुपर्छ मधेस प्रदेशसभा बैठक अवरुद्ध पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग पूर्वराष्ट्रपति यादवद्वारा ‘सत्संगदीक्षा’ लोकार्पण चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन एक करोड २५ लाखमा बन्यो वडाको प्रशासकीय भवन सरकारको नयाँ विधेयक: राष्ट्रपति–प्रधानमन्त्रीले उपहार लिन नपाउने, लिए कारबाही हुने देशमा हामीले कति विकास गरेकाछौ भनेर आफ्ना अग्रज र अभिभावकहरूसँग ज्ञान लिन सकिन्छ : उपप्रधानमन्त्री सिंह भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ