११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

धनकुटाका पत्रकारको उपचारका लागि सहयोग

२० भाद्र २०७४, मंगलवार ०७:१०

भदौ २०, ताप्लेजुङ। मुटुको रोगका कारण पीडित भएका धनकुटाका क्रियाशील वरिष्ठ पत्रकार सञ्जयसन्तोषी राईको उपचार खर्चका लागि ताप्लेजुङका पत्रकारले सहयोग रकम संकलन गरी पठाएका छन् । 

नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा ताप्लेजुङको सक्रियतामा संकलित रु ११ हजार राईको उपचारका लागि सहयोगस्वरुप पठाइएको पत्रकार महासङ्घका उपाध्यक्ष चन्द्र पन्दाक (प्रयास)ले बताउनुभयो । 

उक्त रकम जिल्लामा रहेका सञ्चारकर्मीलगायतबाट संकलन गरिएको हो । राईको उपचारका लागि सहयोग गर्न पत्रकार महासङ्घले देश तथा विदेशका सञ्चारकर्मीसँगसमेत आग्रह गरेको छ । 

यस्तै, प्रदेश नं १ का सबै जिल्ला शाखामार्फत सहयोग संकलन गरी सहयोग गर्न अपिल पनि गरिएको पन्दाकले बताउनुभयो । 

लामो समयसम्म धनकुटामा क्रियाशील पत्रकारिता गर्नुभएका राई नेपाल पत्रकार महासङ्घको केन्द्रीय उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालको सदस्य भएरसमेत काम गर्नुभएको थियो । राई नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह