2026-10-29 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा गाउँ कापाको बैठकद्वारा पाँचवटा कानून निर्माण

इलाम, २१ भदौ । इलामको फाकफोकथुम गाउँ कार्यपालिकाको बैठकले कार्य सञ्चालनका लागि आवश्यक पाँचवटा कानून निर्माण गरेको छ । 

आइतबारदेखि शुरु भई तीनदिनसम्म चलेको बैठकले पाँचवटा आवश्यक कानून निर्माण गरेको हो । गाउँ कार्यपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले गाउँ कार्यपालिकाको निर्णय तथा आदेश र अधिकारपत्रको प्रमाणीकरण कार्यविधि नियमावली—२०७४, गाउँ कार्यपालिकाको बैठक सञ्चालन कार्यविधि, कार्यसम्पादन नियमावली, कार्य विभाजन नियमावली र गाउँसभा सञ्चालन कार्यविधि, २०७४ पारित गरेको छ । 

गाउँपालिकाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठन भएको छ । 

त्यसैगरी, कार्यपालिकाको बैठकले बजेट तर्जुमा प्रक्रियासमेत शुरु गरेको छ । गाउँपालिकाका उपाध्यक्ष सरस्वती राईको संयोजकत्वमा राजस्व परमार्श समिति गठन गरी आव २०७४/०७५ मा यस गाउँपालिकाबाट सञ्चालन गरिने राजस्व निर्धारण गरी अनुमोदन समेत गरेको छ । 

राजस्व परामर्श समितिले चालु आवको आन्तरिक आय वार्षिक रु १० लाख पु¥याउने अनुमान गरिएको कार्यकारी अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट