भदौ २१, दाङ। राप्ती आँखा अस्पतालमा रु पाँच करोडको लागतमा आधुनिक सुविधा सम्पन्न बहिरङ भवन निर्माण हुने भएको छ । सांसद वुद्धिराम भण्डारी र समाजसेवी दातानारायण आचार्यले आज यहाँ आयोजित कार्यक्रममा भवनको शिलान्यास गर्नुभएको हो ।
कार्यक्रममा समाजसेवी प्रकाश आचार्यले सो भवनका लागि रु पाँच लाख सहयोग गर्नुभयो ।
त्यस्तै सांसद वुद्धिराम भण्डारीले सांसद विकाश कोषबाट रु २० लाख सहयोग उपलल्ध गराउनु भएको छ भने बाँकी रकम अन्य दातृ निकायबाट सहयोग र अस्पतालको कोषबाट व्यहोरिने छ । रासस