2026-09-11 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

फलामे खोरमा जीवनका खुसी खोज्दै ११ वर्षे बालक

2025-07-02

काठमाडौँ । सडक छेउमा रहेको रुख नजिकै एउटा फलामे खोर बनाइएको छ । त्यही खोरभित्र थुनिएर जीवनका खुसी भेटाउने प्रयासमा हुनुहुन्छ, बालक पवन कुमाल । पाल्पाको रामपुर नगरपालिका–६ स्थित तिलकपुर बस्ने ११ वर्षीय पवन करिब डेढ वर्षदेखि फलामको खोरमा जीवन बिताइरहनुभएको छ ।

उहाँको यो उमेर विद्यालयमा गएर लेखपढ गर्ने, साथीभाइसँग रमाउँदै नयाँ कुरा सिक्ने र जान्ने हो । बोल्न नसक्ने तर कोही मान्छे देख्यो भने मुस्कुुराउँदै हातले इशारा गरेर आफूतिर बोलाउँदै गरेको कारुणिक दृश्य देख्ने जो सुकैलाई पीडादायी बनाएको हुन्छ । नजिक कोही व्यक्ति आउन चाहेन भने आफ्नै इशारामा (नबुझिने आवाज) आफूतिर आउन उहाँ आग्रह गर्नुहुन्छ । पवनलाई खोरभित्र थुनिएर बस्न मन छैन तर, शारीरिक तथा मानसिक अस्वस्थताका कारण बाध्यताले खोरमै बस्नु परेको छ ।

बोल्न नसक्ने, राम्ररी हिँड्डुल गर्न नसक्ने पवन खोरबाट बाहिर निस्कन पाउँदा औधी खुसी हुनुुहुन्छ । पवनलाई गाउँघर वरपर हिँड्डुल गर्ने, खेल्ने रहर नभएको भने होइन । खोर बाहिरको संसारमा स्वतःफूर्त रमाउन पाउँदा पवनको अनुहारमा छुट्टै खुसीका चमक झल्कन्छन् । शारीरिक तथा मानसिक अवस्था कमजोर भएका कारण जीवनको खुसी फलामे खोरमा सिमित बनेको छ ।

सडक छेउमा रुखमा राखिएको फलामे खोरभित्र नै उहाँको खुसी लुटिएको छ । शारीरिक तथा मानसिक रुपमा अशक्त हुँदा यत्तिकै घरमै राख्न सकिने अवस्था नभएपछि बाध्यताले फलामको खोर बनाएर थुन्नुपरेको पवनकी आमा पुर्नामाया कुमालले बताउनुभयो ।

“घरायसी कामकाज केही गर्न पाइँदैन, छोरालाई मात्रै हेरेर भएन, बिहान साँझ खानलाई काम गर्नुपर्छ, यसो आँखा छल्यो कि सडकतिर, गाउँतिर निस्कने भएकाले सडक छेउमा घर हुँदा गाडीबाट जोगाउन मुस्किल भएपछि सुरक्षाको लागि फलामको खोर बनाएर राखेको हुँ”, उहाँले भन्नुभयो, “आफूले जन्माएको छोरालाई खोरमा थुनेर राख्ने रहर कसलाई पो होला र ? बाध्यता परेपछि जे पनि गर्नुपर्ने रहेछ ।”

खोरमा थुनिएर बस्नु पवनको बाध्यता बनेको छ । प्रचण्ड गर्मी मौसम फलामको तातोपनासँगै जीवनका खुसीका रङ त्यही लुटिन पुगेका छन् । फलामे खोरमाथि जस्ताको पाता, त्यो पनि सामान्य काठले च्यापेर ओत लाग्ने अवस्थाको बनाइएको छ । ठूलो पानी, हावाहुरी आउँदा, चर्को घाममा बस्न सक्ने स्थिति छैन । हावाहुरी आउँदा जस्तापाता नै उडाएर लैजाने डर छ ।

उहाँ जन्मजात नै सो समस्याबाट गुज्रिदै आउनुभएको छ । फलामे खोरभित्रबाटै बाटो हिँड्ने बटुवा तथा यात्रीलाई इशारा गर्दै पवनले बोलाउनुहुन्छ । उहाँलाई बोल्न नआए पनि हसिँलो मुहारमा हातले इशारा गर्दै बोलाएको यो दृश्यले सबैलाई भावविह्वल बनाउँछ । उहाँ खोरभित्र थुनिएर पनि हरेक समय खुसी हुने उपाय खोजिरहनुभएको छ ।

परिवारले छोराको उपचारका लागि विभिन्न अस्पतालमा नपु¥याएको भने होइन । परिवारको अवस्थाअनुसार पवनको उपचारमा सक्दो सहयोग भइरहेको छ । छोराको लालनपालन र उपचार खर्च जुटाउन बुबा कृष्णबहादुर विगत आठ वर्षदेखि वैदेशिक रोजगारीमा हुनुुहुन्छ । जग्गा जमिन केही छैन, जीवन धान्न गाउँमा छिमेकीको खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएको पुर्नामायाले बताउनुभयो ।

पुर्नामायाका जुम्ल्याहा छोरामध्ये पवन जेठो छोरा हो । कान्छो छोरा पविनको अवस्था भने राम्रो छ । आफूले एकै पटक जन्माएका दुई सन्तानमध्ये एकले कक्षा ६ मा पढ्ने अर्को फलामको खोरमा थुनेर राख्नुपर्दा उहाँको मन खिन्न छ । बेहोसी अवस्थामा लथालिङ्ग तरिकाले यत्रतत्र हिँड्न थालेपछि भैपरी आउने दुर्घटनाबाट जोगाउन रु २० हजारको लागतमा फलामको खोर बनाएर राख्न थालेपछि ढुक्कले घरायसी कामकाज गर्न पाइएको पुर्नामायाले बताउनुभयो ।

“छोरालाई फलामे खोरमा राखेको देख्दा केही व्यक्तिले गाली गर्नुहुन्छ, परिवारको आर्थिक अवस्था कमजोर छ, छोरालाई मात्रै हेरेर बस्न भ्याइँदैन, खेतीबाली लगाउने, स्याहार्ने काम गर्नुप¥यो, घरमा अभिभावक म मात्रै हुँ, देख्नेलाई भन्दा भोग्नेलाई पीडा के हो भन्ने थाहा हुन्छ, काम भएका बखत खोरमा राख्ने हो, काम नहुँदा बाहिर निकालेर रेखदेख गर्ने गरेको छु, साँझ खाना खुवाएर साथमै सुताउने गरेको छ”, उहाँले आफ्नो दुखेसो सुनाउनुभयो ।

पवनलाई एक वर्षको हुँदा काभ्रेपलाञ्चोकको बनेपास्थित अपाङ्गतासम्बन्धी उपचार गर्ने अस्पतालमा खुट्टाको उपचार गरिएको उहाँको भनाइ छ । उपचारपश्चात् खुट्टामा केही सुधार आए पनि शल्यक्रिया गर्न नपाउँदै एक्कासि मुटुमा समस्या देखिएपछि सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा रामपुर नगरपालिकाको सहयोगमा मुटुको शल्यक्रिया गरेको उहाँले जानकारी दिनुभयो ।

मस्तिष्कको शल्यक्रिया गर्न चिकित्कले भने पनि आर्थिक अवस्था नाजुक हुँदा गर्न नसकिएको पुर्नामायाले बताउनुभयो । बालक पवनले मस्तिष्क, दुईवटै खुट्टाको पैताला, बोल्न नसक्ने जस्ता विभिन्न समस्या झेल्दै आउनुभएको छ । छोराको अवस्थाले परिवार चिन्तामा परेको छ । कतैबाट आर्थिक सहयोग जुटेमा छोराको मस्तिष्कको शल्यक्रिया गर्ने इच्छा रहेको परिवारको भनाइ छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस