2026-09-19 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाको वृक्षरोपण आयोजनालाई डेढ करोडको क्षति

भदौ २३, झापा । साउन अन्तिम साता वर्षासँगै आएको हावाहुरीका कारण रतुवामाई वृक्षरोपण आयोजनाका एक हजार ८०२ वटा मसला, साल र टिकका रुख ढलेका छन् । 

हावाहुरीले रुख लडाउँदा आयोजनालाई झण्डै रु एक करोड ५० लाख मूल्य बराबरको क्षति भएको छ । दुई हजार ७५३.७६ हेक्टर क्षेत्रफलमा सञ्चालित रतुवामाई वृक्षरोपण आयोजना नेपालकै दोस्रो ठूलो वृक्षरोपण आयोजना हो । 

हावाहुरीले लडाएका रुख एक महिना बित्न लाग्दासमेत रतुवा माई वृक्षरोपण आयोजनाले व्यवस्थापन गर्न सकेको छैन । ढलेका रुख चोरी हुने सम्भावना छ । वृक्षरोपण आयोजनाका प्रमुख खेमलाल विश्वकर्मा कानूनी प्रक्रिया लामो भएका कारण ढलेका रुखको व्यस्थापन गर्न नसकिएको बताउनुहुन्छ । 

“झन्झटिलो प्रक्रियाका कारण समयमै रुखको व्यवस्थापन गर्न नसकिएको हो,” उहाँले भन्नुभयो । काठ चोरी हुनसक्ने भएकाले समयमै यसको व्यवस्थापन गर्न स्थानीयवासीले माग गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई