2026-10-04 10:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

पहिराले भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

2025-07-09

काठमाडौँ । स्याङ्जा र दक्षिण पर्वतलाई जोड्ने भुम्रे–हातेमालोचोक सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

गए रातिदेखि परेको वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका–१४ डुम्रेभञ्ज्याङ नजिकै सडकमाथिबाट ढुङ्गासहित आएको पहिरोले सडक अवरुद्ध भएको वालिङ १४ का वडाध्यक्ष बोधराज कुँवर (राजु)ले जानकारी दिनुभयो ।

पहिरोका कारण उक्त सडक भएर यात्रा गर्ने यात्रुहरु अलपत्र परेका छन् । वर्षा भइरहेको र सडकमाथिबाट ढुङ्गासहितको पहिरो खस्नेक्रम निरन्तर भइरहेको छ । सडक खुलाउनका लागि डोजर मगाइएको उहाँले बताउनुभयो ।

सडक खुलाउन गर्न केही समय लाग्ने भएकाले तत्काललाई विकल्पको रुपमा डुम्रेभञ्ज्याङ–ढिकीडाँडा–तमादी सडक प्रयोग गर्न पनि उहाँले सुझाव दिनुभएको छ । भुम्रे–हातेमालोचोक सडकको यस ठाउँमा विशेष गरी वर्षाका समयमा पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

दक्षिण पर्वतलाई सिद्धार्थ राजमार्गसँग जोड्ने सडकको रुपमा रहेको भुम्रे–हातेमालोचोक सडकमा दैनिक सयौँ यात्रुवाहक तथा मालवाहक सवारीसाधन सञ्चालन हुने गरेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर