2026-10-05 05:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

ससुराको पेटमा छुरा प्रहार गरी हत्या गर्ने ज्वाइँ रेल्वे स्टेशनबाट पक्राउ

काठमाडौँ । जनकपुरमा आफ्नै ससुराको हत्या गरेर फरार भएका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ ।

गत असार १८ गते बिहान जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद साह विमलको हत्या उनकै ज्वाइँ जनकपुरधाम-२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठलाई पक्राउ गरेको हो ।

घटनाको एकसातापछि मंगलबार धनुषाको जनकनन्दनी गाउँपालिकास्थित रेल्वे स्टेशनबाट महासेठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीले जानकारी दिए । महासेठलाई छुरासहित आज जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ ।

एसपी रेग्मीका अनुसार महासेठले घरसायी विवादमा ससुराको पेटमा चारपट छुरा प्रहार गरेका थिए । मृतक बासुदेव जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका काका हुन् ।

पक्राउ परेका महासेठमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड