2026-09-19 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

जालपा माविको सन्ताउन्नौ जन्मोत्सव समापन, बिद्यालयको स्मारिका विमोचन

चिसाङ शेर्पा | भदौ-२४, खोटाङ | खोटाङको रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ मा रहेको जालपा माध्यमिक विद्धालयको सन्ताउन्नौ वार्षिक जन्मोत्सव शुक्रवार समापन भएको छ । जालपा माविको प्राङगणमा गत बुधवारवाट सुरु भएको कार्यक्रममा विद्धालयको स्मारिका विमोचन, विद्धालयवाट गत वर्षको एसइई परिक्षामा २.४० जिपिए ल्याउन सफल विधार्थी करिश्मा तामाङलाई सम्मान, खेलकुद, हाजिरीजवाफ, सांस्कृतिक कार्यक्रमगरी जन्मोत्सव कार्यक्रम सम्पन्न भएको हो । जालपा मा.वि नुनथलाको ऐतिहासिक परिचयदेखी हालसम्मका विषयवस्तु समेटिएको स्मारिका जन्मोत्सव कार्यक्रमका प्रमुख अतिथी तथा रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ का वडाध्यक्ष भीम राईले विमोचन गर्नुभएको थियो ।

गत वर्षवाट सञ्चालित साविक महुरे १ का ‘कर्ण वहादुर राई अक्षय कोष’को १ लाख ५ हजार ५ सय ५५ सावाँवाट आएको व्याज रकमले विद्धालयमा सर्वोत्कृष्ट एसइई परिक्षामा जिपिए अंक ल्याउन सफल तामाङको अनुपस्थितीमा उहाँका आमा दिलमाया तामाङमार्फत नगद ३ हजार ५ सय र सम्मानपत्रद्धारा सम्मान गरिएको हो । ‘कर्ण वहादुर राई अक्षय कोष’का उपाध्यक्ष तथा रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नेकपा माओवादी केन्द्रका संयोजक सुरेश राईले उहाँलाई सम्मान गर्नुभएको थियो ।

५६ वर्ष पुरा भई ५७ वर्ष पुगेको अवसरमा सञ्चालन भएको कार्यक्रम अन्तरगत १ हजार मिटर दौडतर्फ साईमान तामाङ प्रथम, विजय राई द्धितिय, मन्देश राई तृतिय, छात्रातर्फ प्रथम समिता राई, द्धितिय विनिता राई र अप्सरा राई तृतिय भएका हुनु । ४ सय मिटर दौडको छात्रमा टेनिस तामाङ पहिलो, विजय राई दोस्रो, मन्देश राई तेस्रो तथा छात्रामा समिता राई प्रथम, अप्सरा राई द्धितिय र पुष्पा तामाङ तृतिय भएका थिए ।

२ सय मिटर दौडमा क्रमश साइमान तामाङ प्रथम, मकर तामाङ द्धितिय, टेनिश तामाङ र मन्देश राई तृतिय छात्रातर्फ प्रथम निमकिली शेर्पा, द्धितिय पुष्पा तामाङ, तृतिय शान्ता राई विजयी भएका छन् । हाईजम्पमा प्रथम साईमान तामाङ, द्धितिय विशाल राई, तृतिय मन्देश राई, छात्रातर्फ निमकिली शेर्पा प्रथम, जुनकला विक द्धितिय र सपना राई तृतिय भएका छन् । 

यस्तै, सटफुटतर्फ ज्ञानेन्द्र राई पहिलो, साईमान तामाङ दोस्रो, विशाल राई, टेनिस तामाङ तेस्रो भएका थिए । लङजम्पमा साईमान तामाङ पहिलो, विजय राई दोस्रो, टेनिश तामाङ तेस्रो छात्रातर्फ निमकिली शेर्पा प्रथम, देवी राई द्धितिय र वेदना तामाङ, समिता तामाङ तृतिय भएका थिए । त्रिपलजम्पमा साईमान तामाङ पहिलो, विजय राई दोस्रो, विशाल राई तेस्रो र छात्रातर्फ निमकिली शेर्पा पहिलो, समिता राई दोस्रो र जानुकला विक तेस्रो भएका छन् ।

यसैगरी, आधारभुत तह कक्षा १ देखी ५ सम्म हाजिरीजवाफमा प्रतियोगितामा प्रथम कालिका आधारभुत विधालय लामिडाडाँ, द्धितिय जालपा मा.वि नुनथला र तृतिय तेज तुलसी वोडिङ स्कुल भएका थिए । अन्तर सदन सामुहिक नृत्यमा अजम्बरी सदन ‘बि’ प्रथम, मखमली सदन ‘ए’ द्धितिय र अजम्बरी सदन ‘ए’ तृतिय भएको विधालयका प्रधानाध्यापक धनकुमार तामाङले बताए । विजयी विधार्थीलाई विद्धालय व्यवस्थापन समितीका अध्यक्ष धनकुमार राईले पुरस्कार वितरण गर्नुभएको थियो । 

माथिको तश्विरमा: ५७ औं जन्मोत्सव कार्यक्रममा जालपा मा.विको स्मारिका विमोचन गर्नुहुंदै नुनथला १३ का वडाध्यक्ष भीम राई | तस्विर: चिसाङ शेर्पा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई