भदौ २४, बयालपाटा । नेपालका पहिलो जननिर्वा्चित प्रधानमन्त्री बिपी कोइरालाको १ सय ३ औँ जन्मजयन्ती शनिबार आज नेपाली कांग्रेस र भातृ संगठनले विभिन्न कार्यक्रम ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २४, बयालपाटा । नेपालका पहिलो जननिर्वा्चित प्रधानमन्त्री बिपी कोइरालाको १ सय ३ औँ जन्मजयन्ती शनिबार आज नेपाली कांग्रेस र भातृ संगठनले विभिन्न कार्यक्रम ग"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

१०३औँ बिपी जयन्तीको अवसरमा ६७ बिरामीलाई फलफुल वितरण

२०७४, २४ भाद्र शनिबार ०५:५२


भदौ २४, बयालपाटा । नेपालका पहिलो जननिर्वा्चित प्रधानमन्त्री बिपी कोइरालाको १ सय ३ औँ जन्मजयन्ती शनिबार आज नेपाली कांग्रेस र भातृ संगठनले विभिन्न कार्यक्रम गरि देशभर मनाउँदैछन् ।

प्राजातान्त्रिक समाजबादको सिद्धान्तलाई प्रतिपादन गर्दै त्यसैको माध्यमबाट समृद्धशाली नेपालको निर्माण गर्न सबै नेपालीको व्यक्तिगत स्वतन्त्रता, हक, अधिकारको संरक्षण गर्ने र वाक स्वतन्त्रताको रक्षा गर्दै लोकतान्त्रिक शासन व्यवस्थाको प्रादुर्भाब गराउनु पर्छ भन्ने कुरामा प्रतिवद्ध वि.पि. कोइराला यी मान्यताका पथ प्रदर्शक हुनुहुन्छ ।

यसै अवसरमा अछाम जिल्लामा पनि विभिन्न कार्यक्रम भएका छन । १ सय ३ औँ जन्मजयन्तीको अवसरमा बयालपाटा अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । अस्पतालमा भर्ना भएका ६७ जना बिरामीलाई फलफुल वितरण गरिएको हो । विपी कोईरालाको सम्झनामा अस्पतालमा बिरामीलाई फलफुल बितरण गरिएको हो ।

स्वतन्त्र बिद्यार्थी यूनियन त्रिपुरा सुन्दरी क्याम्पसको आयोजनामा भएको कार्यक्रममा नेपाली कांग्रेसका सभापति भरत कुमार स्वाँर प्रमुख अतिथि रहनु भएको थियो । फलफुल वितरण पछिको कोणसभामा बोल्दै सभापति स्वाँर बिपीको समाजबाद र प्रजातन्त्रको सिद्धान्तमा टेकेर देश अघि बढीहरकोले उहाँको सिद्धान्तलाई अनुसरण गर्दै अघि बढनुपर्नेमा जोड दिनुभयो । एक अर्को प्रसंगमा बोल्दै सभापति स्वाँरले बयालपाटा अस्पतालको स्थापना गर्दा ढुलो संघर्ष गर्नु परेको उल्लेख गर्दै अहिले यस क्षेत्रका जनतालाई ठुलो सेवा मिलेको खुशी व्यक्त गर्नुभयो । आगामी दिनमा पनि अस्पताल विस्तारको लागी सदबै सहयोग गर्न प्रतिबद्ध रहेकोमा समते जोड दिनुभयो ।

फलफुल वितरणमा बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोषकुमार ढुंगानाले बिपीले प्रतिपादन गरेको सिद्धान्त कुनै पार्टी बिशेष नभएर समग्र देश र जनताको लागी भएकाले उहाँको सिद्धान्त देशले अनुयायी गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले बिपीलाई एक मात्र सम्झेर केही परिर्वतन नहुने भन्दै ३ सय ६५ दिन नै सम्झे मात्र उहाँको सच्चा श्रद्धा हुनेमा जोड दिनुभयो ।

कांग्रेस जिल्ला कार्य समिती सदस्य कालुसिंह कुवँर, सुरत कुवँर, पूर्व महाधिबेशन प्रतिनिधी अर्जुन ताम्राकार, नेविसंघ अछामका अध्यक्ष नृप साँउद, क्षेत्रिय सभापति कृष्ण बुढा, नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य रामबहादुर कुवँर, नेविसंघ अछाम काठमाण्डौँ सम्पर्क समितीकापूर्व अध्यक्ष तथा प्रजान्त्रबादी प्राध्यापक संघका धर्म रावल, नेपाल किशान संघका ललित कुवँर लगायतको सहभागिता रहेको थियो ।

यता कांग्रेस जिल्ला कार्य समिती अछामले पनि बिपी बिचार गोष्ठीको आयोजना गरेको छ । नेपालका दूरदर्शी र आदर्श राजनीतिज्ञका रुपमा परिचित बिपी कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो ।  नेपाली कांग्रेसका संस्थापक नेता समेत रहेका बिपी कोइराला २०१५ सालको आम चुनावपछि प्रधानमन्त्री बन्नुभएको थियो ।

कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व गर्नुभएको थियो । बिपीको राष्ट्रिय मेलमिलाप नीतिलाई नेपाली राजनितिमा उदाहरणको रुपमा लिने गरिन्छ ।

कोइराला साहित्यकारका रुपमा समेत निकै लोकप्रिय र चर्चित हुनुहन्छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक मानिने कोइरालाका डेढ दर्जनभन्दा धेरै कृति प्रकाशित छन् ।  कोइरालाका दोषी चश्मा, तीन घुम्ती, मोदी आइन, हिटलर र यहुदी, सुम्निमा, नरेन्द्रदाई, बाबु, आमा र छोरा लगायत कृति लोकप्रिय छन् । बिपीको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ