2026-08-31 10:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा जेठपछि भित्रिएका तीनपाङ्ग्रे सवारीलाई निषेध

भदौ २५, चितवन। चितवनको भरतपुर महानगरपालिकाले यहाँको यातायात व्यवस्थापनमा समस्या देखिएपछि गएको जेठयता भित्रिएका तीन पाङ्ग्रे सवारीलाई चक्रपथमा निषेध गर्ने निर्णय गरेको छ । 

वीरगञ्ज यातायात अञ्चल कार्यालयबाट अनुमति लिई गएको जेठदेखि चितवनमा सञ्चालनमा आएको तीनपाङ्ग्रे सवारीलाई आगामी असोज १ गतेदेखि लागू हुने गरी रिङरोडमा निषेध गर्ने निर्णय भएको महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले जानकारी दिनुभयो । 

उक्त निर्णय अटेर गर्नेलाई सामान जफत गरी कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । असोज १ गतेसम्म सूचनामार्फत सबैलाई जानकारी गराउने नगरपालिकाको योजना छ । “जेठअघि नै आएका तीनपाङ्ग्रे भने जोर बिजोर प्रणालीमा चल्छन्, पछि भित्रिएका अरू चक्रपथमा चल्दैनन्,” ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले भन्नुभयो । 

पन्तका अनुसार पटकपटक पत्राचार गरेर तीनपाङ्ग्रेलाई नपठाउन आग्रह गर्दा पनि जेठपछि धमाधम ती सवारी आएकाले यस्तो निर्णय गरिएको हो । चितवनको भरतपुर बसपार्क, बाइपास रोड, आँपटारी, नारायणगढ, चौविसकोठी, हाकिमचोक हुँदै यहाँ चक्रपथका रुपमा सवारी सञ्चालन हुन्छन् । महानगरपालिकाले बजार क्षेत्रको निश्चित स्थानमा पार्किङको व्यवस्था गर्ने, चक्रपथभित्र जोर बिजोर प्रणालीमा तीनपाङ्ग्रे सवारी सञ्चालन गर्ने, अर्काे व्यवस्था नभएसम्म ठेला व्यवसायलाई कालोपत्र सडक क्षेत्रमा राख्न नदिने, व्यापारीलाई आफ्नो पसलभन्दा बाहिर सामान राखेर व्यवसाय गर्न नदिने निर्णयसमेत भएको नगरपालिकाले जनाएको छ । 

यस्तै चितवनको पुलचोक क्षेत्रका लागि नारायणी किनारमा सवारी पार्किङ गर्नुपर्ने, लायन्स चोक आसपासका लागि गणेश चलचित्र हल पछाडिको खाली चौरमा र भरतपुर चौविसकोठीका सवारीलाई भने चितवन माविको खाली जग्गा र जिल्ला प्रहरी कार्यालय अगाडिको चौरमा पार्किङको व्यवस्थापन गर्ने निर्णय भएको समेत नगरपालिकाले जनाएको छ । चितवनको भरतपुर नारायणगढ क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावकारी नहुँदा बजार अस्तव्यस्त बनेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने