2026-10-05 11:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बर्दघाट सुस्ता पूर्व दूधमा आत्मनिर्भर

2025-07-18
काठमाडौँ |  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा गत आर्थिक वर्षमा ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको छ ।
आव २०८१/८२ मा जिल्लामा ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख डा शर्मिला कुमालले बताउनुभयो । जिल्लाको जनसङ्ख्याका आधारमा दूध आवश्यकताभन्दा बढी उत्पादन भई जिल्ला बाहिर निर्यात हुने गरेको छ । उत्पादन भएको दूधको तथ्याङ्कका आधारमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विगत तीन वर्षदेखि आत्मनिर्भर रहेको प्रमुख कुमालले बताउनुभयो ।
“विश्व स्वास्थ्य सङ्गठनले विकासउन्मुख राष्ट्रका लागि एक व्यक्तिलाई एक वर्षमा ९१ लिटर दूध तय गरेको आधारमा जिल्लामा एक व्यक्तिका लागि एक सय ३२ लिटर दूध पुग्ने गरी उत्पादन रहेको छ”, उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०८१/८२ मा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उत्पादन भएको दूधको आधारमा यहाँको कूल जनसङख््यालाई एक व्यक्ति बराबर एक सय ३२ लिटर दूध पुग्ने देखिन्छ ।”
तथ्याङ्कअनुसार गत आवमा  जिल्लामा ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको थियो । यसमध्य गाईको दूध ३२ हजार तीन सय ५३ मेट्रिक टन रहेको छ भने भैँसीको दूध १७ हजार छ सय ६० मेट्रिक टन छ । जिल्लामा खपत भएर बाँकी रहेको दूध काठमाडौँ, पोखरा र चितवन बिक्री गर्न पठाउने गरिएको प्रमुख कुमालले बताउनुभयो । जिल्ला दूध उत्पादनमा आत्मनिर्भर भए पनि पछिल्लो तीन वर्षको उत्पादन अनुपात तुलना गर्दा गत आवमा दूध उत्पादनमा कमी आएको छ ।
“आव २०७८/७९ मा ६१ हजार छ सय ६४ मेट्रिक टन दूध उत्पादन भएकामा आव २०७९/८० मा थप वृद्धि भई ६२ हजार चार सय ४६ मेट्रिक टन उत्पादन भएको थियो । तर गत आव २०८०/८१ मा विगतको भन्दा घटेर जम्मा ५५ हजार एक सय ७० मेट्रिक टन दूध उत्पादन भएको थियो ।
गत आवमा अझ घटेर ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको छ”,उहाँले भन्नुभयो । जिल्लाको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष गाईभैँसी फार्म र गाई भैँसीको सङ्ख्यासमेत घट्दो क्रममा रहेको छ । आव २०७९/८० मा गाईको सङ्ख्या ४१ हजार चार सय ८९, भैँसीको सङ्ख्या ४८ हजार आठ सय ५४ रहेको थियो, भने आव २०८०/८१ मा गाईको सङ्ख्या ३७ हजार एक सय ९८ र भैँसीको सङ्ख्या ४३ हजार नौ सय ५० रहेको देखिन्छ ।
गत आवमा गाईको सङ्ख्या ३२ हजार आठ सय ९७ रहेको थियो भने भैँसीको सङ्ख्या ३८ हजार आठ सय ९६ रहेको छ । यसरी तीन वर्षको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष सरदर चार हजारको दरले गाईको सङ्ख्या घट्दो क्रममा रहेको देखिन्छ भने पाँच हजारको दरले भैँसीको सङ्ख्या जिल्लामा घट्दो क्रममा रहेको देखिन्छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर