२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

धुर्कोटमा साँझ २ घण्टा भन्दा बढि समय मदिरा बेचे कार्वाही गरिने

२७ भाद्र २०७४, मंगलवार ११:४१

भदौ २७, गुल्मी । समाजको विकृति विसंगति विरुद्ध अभियान छेडेको  गुल्मीको धुर्कोट गाउँपालिकाले मदिरा नियन्त्रणका लागि कडा निर्णय गरेको छ । 

गाउँका कुनै घर पसलहरुमा साँझ वजे देखि ८ वजे सम्म मात्रै मदिरा बेच्न पाईने त्यो भन्दा अन्य समयमा मदिरा बेच विखन गरेको पाईए स्थानिय सरकारले जरीवाना गर्ने र उस्तै परे पसल समेत वन्द गरी दिने गाउँपालिकाको बैठकले निर्णय गरेको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए । 

समाजमा ‘विकृति विसंगतिको कारक मध्ये मदिरा पनि एउटा पक्ष रहेको पाईयो’–प्रमुख पोखरेलले भने–‘यसर्थ धुर्कोट  गाउँपालिका भित्र मदिरा साँझमा जम्मा दुइ घण्टा बेच्न पाउने र यस अभियानलाई तिव्र पार्दै जाँदा अझ कम र सिमित  पसललाई मात्र अनुमति दिईने थप निर्णय समेत पछि गर्न सकिने छ ।’धुर्कोट गाउँपालिकाले गरिव विपन्न परिवारका खरका छाना हटाएर टिनको छाना लगाई दिने कार्यक्रम पनि सुरु गरी सकेको उप प्रमुख शिवबहादुर खत्रीले बताए ।

अध्यक्ष पोखरेल ज्यु र मेरो चुनावी नारा नै खरका छानारहित धुर्कोट बनाउने थियौं । त्यही नारालाई साकार पार्न रकम विनियोजन गरेका छौं र काम सुरु पनि भएको छ उप प्रमुख खत्रीले भने दुई वर्ष भित्रमा धुर्कोटका कुनै पनि टोलमा खरका छाना भएका घर देख्नु हुने छैन् । त्यस्तै धुर्कोट भित्र आधुनिक र आयमुलक कृषि उत्पादनलाई पनि प्राथामिकता दिएको प्रमुख पोखरेलले बताए । 

गरिव किशानहरुलाई परम्परागत कृषि प्राणलीले टाउँको उठाउन दिएको छैन पोखरेले थपे त्यस्ता किशानहरुलाई अनुदानको समेत व्यवस्था गर्दै गरिवीबाट मुक्त गर्ने हाम्रा सवै वडाका अध्यक्षहरुको समेत जोड रहेकोले एकमत भएर लागेका छौं । 

धुर्कोट गाउँपालिकाले रेडियो समेत आफैले सञ्चालन गर्न लागेको र यहाँको विकास केहि फरक ढंगले गर्न थालिएको धुर्कोट गाउँपालिकाका प्रेस संयोजक प्रेम सुनारले जानकारी दिए ।           

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु