२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

विद्यार्थीहरु काँप्दै ढल्दै गर्न थालेपछि अग्लुङ्गवासी चकित

२७ भाद्र २०७४, मंगलवार ११:५०

प्रेम सुनार/भदौ २७, गुल्मी । गुल्मीको अग्लुङ्ग माध्यामिक विद्यालयमा गत  १५ दिन दैखि विद्यार्थीहरु सुरुमा रुने चिच्चाउने त्यस पछि झाँक्रिका रुपमा काँप्ने र बेहोस भएर ढल्ने गर्न थालेपछि मदाने गाउँपालिका वडा नम्वर १, अग्लुङ्गका वासीन्दाहरु चकित पर्दै आएका छन् । 


‘एउटा अचम्मै देख्नु परेको छ ’–त्यस विद्यालयका प्रधानध्यापक भविलाल खत्रीले भने–‘ यस्तो अहिले सम्म देखेका थिएनौं । विद्यार्थीहरु विहान  साढे १० वजे देखि १ वजे सम्म रुने चिच्चाउने, काँप्ने र बेहोस भएर ढल्ने गरेका छन् ।  

त्यसपछि कोही फेरी सामन्य अवस्थामा आउने कोही असमान्य हुँदा अभिभावक बोलाएर पठाउने गरिएको छ ।’ उनका अनुसार एक दिनमा १ जना छात्र र ६ जना सम्म छात्राहरु ढल्ने गरेका छन् । त्यस्तो अवस्थामा तिनै सात जना मात्रै दोहरिने गरेका छन् । अरु विद्यार्थीहरुलाई केहि हुन्न ।  

त्यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर घर्तिले कारण के हो रु अनुमान नै गर्न नसकिएको बताउँ छन् । त्यहाँका पुराना पिढिले भने दैविक शक्ति प्रकट भएको विश्वास ब्यक्त गर्दछन् । 

त्यहाँका  शिक्षक वुद्धिजिवीहरुले भने त्यस्ता कुरामा विश्वास राख्दैनन् । स्वास्थ्यकर्मी समेत रहेका व्यवस्थापन समितिका अध्यक्ष घर्तिले औषधी खुवाएर समेत ठिक नहुने र त्यो क्रम दोहरिने गरेको बताउँ छन् ।

ति सात जना विद्यार्थीहरु ७ देखि कक्षा ९ सम्मका रहेका छन र उमेर १२ देखि १८ वर्ष सम्मको रहेका छन् । बढि मात्रमा किशोरीहरुलाई किन त्यस्तो हुन्छ त रु यो पनि खोजको विषय रहेको प्रधानध्यापक खत्रीको भनाई छ । 

स्मरण रहोस २०७० साल तिर गुल्मीको नयाँगाउँको एक घरमा अदृश्य शक्तिले लगातार ढुङ्गा वर्साएर गाउँवासीलाई चकित पारेको थियो । तस्वीरः त्यस विद्यालय कक्षा  ८ कि  छात्रा सम्झना बिक लगायत काँप्दै गर्दा ढलेर बेहोस । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु