२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

विद्यार्थीहरु काँप्दै ढल्दै गर्न थालेपछि अग्लुङ्गवासी चकित

२०७४, २७ भाद्र मंगलवार ११:५०

प्रेम सुनार/भदौ २७, गुल्मी । गुल्मीको अग्लुङ्ग माध्यामिक विद्यालयमा गत  १५ दिन दैखि विद्यार्थीहरु सुरुमा रुने चिच्चाउने त्यस पछि झाँक्रिका रुपमा काँप्ने र बेहोस भएर ढल्ने गर्न थालेपछि मदाने गाउँपालिका वडा नम्वर १, अग्लुङ्गका वासीन्दाहरु चकित पर्दै आएका छन् । 


‘एउटा अचम्मै देख्नु परेको छ ’–त्यस विद्यालयका प्रधानध्यापक भविलाल खत्रीले भने–‘ यस्तो अहिले सम्म देखेका थिएनौं । विद्यार्थीहरु विहान  साढे १० वजे देखि १ वजे सम्म रुने चिच्चाउने, काँप्ने र बेहोस भएर ढल्ने गरेका छन् ।  

त्यसपछि कोही फेरी सामन्य अवस्थामा आउने कोही असमान्य हुँदा अभिभावक बोलाएर पठाउने गरिएको छ ।’ उनका अनुसार एक दिनमा १ जना छात्र र ६ जना सम्म छात्राहरु ढल्ने गरेका छन् । त्यस्तो अवस्थामा तिनै सात जना मात्रै दोहरिने गरेका छन् । अरु विद्यार्थीहरुलाई केहि हुन्न ।  

त्यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर घर्तिले कारण के हो रु अनुमान नै गर्न नसकिएको बताउँ छन् । त्यहाँका पुराना पिढिले भने दैविक शक्ति प्रकट भएको विश्वास ब्यक्त गर्दछन् । 

त्यहाँका  शिक्षक वुद्धिजिवीहरुले भने त्यस्ता कुरामा विश्वास राख्दैनन् । स्वास्थ्यकर्मी समेत रहेका व्यवस्थापन समितिका अध्यक्ष घर्तिले औषधी खुवाएर समेत ठिक नहुने र त्यो क्रम दोहरिने गरेको बताउँ छन् ।

ति सात जना विद्यार्थीहरु ७ देखि कक्षा ९ सम्मका रहेका छन र उमेर १२ देखि १८ वर्ष सम्मको रहेका छन् । बढि मात्रमा किशोरीहरुलाई किन त्यस्तो हुन्छ त रु यो पनि खोजको विषय रहेको प्रधानध्यापक खत्रीको भनाई छ । 

स्मरण रहोस २०७० साल तिर गुल्मीको नयाँगाउँको एक घरमा अदृश्य शक्तिले लगातार ढुङ्गा वर्साएर गाउँवासीलाई चकित पारेको थियो । तस्वीरः त्यस विद्यालय कक्षा  ८ कि  छात्रा सम्झना बिक लगायत काँप्दै गर्दा ढलेर बेहोस । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण