२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जग्गा बाढीले बगाउँदा कञ्चनपुरका सोह्र परिवारको विचल्ली

२०७४, २८ भाद्र बुधबार ०६:११

भदौ २८, कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ दुवाहाका १६ परिवारको जग्गा वनहरा नदीमा आएको बाढीले बगाउँदा विचल्लीमा परेका छन् । 

खेती लगाउँदै आएको झण्डै दुई बिगाहा दश कट्ठा जग्गा भदौ दोस्रो साता आएको बाढीले बगाएपछि खेतीमै आश्रित परिवार समस्यामा परेका हुन् । 

धान र सखरखण्डी लगाएको खेत नदीमा आएको बाढीले कटान गरी बगरमा परिणत गरेको स्थानीय मंगल चौधरीले बताउनुभयो । “जग्गा बगेपछि पीडित परिवारले मजदुरी गरी दैनिक गुजारा चलाउनु पर्ने अवस्था आएको छ” उहाँले भन्नुभयो । 

जग्गा नदीले बगाएपछि ती परिवारसँग अब घरमात्रै बाँकी रहेको उहाँले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीले दातृ निकायको सहयोगमा ६० मिटर लामो अस्थायी तटबन्ध निर्माणको कार्य गरी जग्गा कटानको कार्य रोकथाम गरिरहेको छ । 

तटबन्ध निर्माणको कार्यमा स्थानीयले श्रमदान गरिरहेका छन् । तत्काल स्थायी समाधानको उपाय नगरिए जग्गा कटानको चपेटामा परेका १६ परिवारसहित अन्य परिवार गरी ३५ परिवार विस्थापनमा पर्ने भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस