२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

ऋषि—लिलास्मृति पत्रकारिता पुरस्कार चट्याङ मास्टरलाई

२०७४, २८ भाद्र बुधबार ०६:३१

भदौ २८, पोखरा। पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ऋषि—लिला स्मृति पत्रकारिता पुरस्कार पत्रकार एवं साहित्यकार कृष्णमुरारी गौतम (चट्याङ मास्टर) लाई प्रदान गरिएको छ । 

पत्रकारिताको माध्यमबाट समाजका ज्येष्ठ नागरिकको हकअधिकार संरक्षणमा सहयोग पु¥याएबापत प्रदान गरिएको सो पुरस्कारको राशि रु २० हजार एक नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ । 

पोखरा वृद्धाश्रममा मंगलबार आयोजित एक समारोहका बीच संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले पत्रकार गौतमलाई दोसल्ला ओढाएर सम्मान गर्दै समाजका ज्येष्ठ नागरिकको हकअधिकार संरक्षणसहितको संवैधानिक व्यवस्था गर्ने तयारी भइरहेको बताउनुभयो । 

पैतृक सम्पत्तिले नभई ज्ञान, सीप, योग्यता र क्षमताले धनी बन्नुपर्ने बताउँदै उहाँले भन्नुभयो “आमाबुबाले छोराछोरीलाई मात्र नभई सेवा गर्नेलाई आफ्नो सम्पत्ति दिन पाउने विधेयक प्रमाणीकरण हुनमात्र बाँकी रहेको छ ।” 

पुरस्कृत व्यक्तित्व कृष्णमुरारी गौतमले राज्यले समाजका ज्येष्ठ नागरिकको योग्यता क्षमतालाई मुलुकको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

पोखरा वृद्धाश्रमका संस्थापक स्व ऋषिकेशव पराजुलीको स्मृतिमा प्रकाशित ‘आश्रय’ मुखपत्रको पनि लोकार्पण गरिएको सो समारोहमा वृद्धाश्रमका संस्थापक सदस्यलाई समेत सम्मान गरिएको थियो । 

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालयका निमित्त प्रमुख नितु गर्तौलाले समाजका गरिव विपन्न ज्येष्ठ नागरिकको संरक्षणमा वृद्धाश्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । 

वृद्धाश्रमका अध्यक्ष टीकाबहादुर भण्डरीको अध्यक्षतामा भएको कार्यक्रममा आश्रमका संरक्षक वसन्तकेशव पराजुली, पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारी, स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, नेकपा (माओवादी केन्द्र) पोखरा लेखनाथ महानगर कमिटीका उपाध्यक्ष गोमा ढकाल, नौलोघुम्तीका अध्यक्ष खड्गबहादुर रानाभाट, समाजसेवी नारायण अधिकारीलगायतले सन्तानका लागि सम्पत्ति प्यारो र बाबुआमा हेला हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण