१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा एड्स संक्रमित घट्दै

२८ भाद्र २०७४, बुधबार ०७:४४

भदौ २८, झापा। झापामा प्छिल्लो समयमा एचआइभी(एड्स) संक्रमितकै कारण मृत्यु हुनेको संख्या घट्दै गएको पाइएको छ । 

तीन वर्षमा १६ संक्रमितको मृत्यु भएको झापामा आव २०७३÷७४ असार मसान्तसम्मको एक वर्षमा तीन संक्रमितको मात्र मृत्यु भएको नाइट चेस क्लब अफ भद्रपुरले जनाएको छ । 

मेची अञ्चल अस्पताललगायत विभिन्न अस्पतालमा प्राप्त सुविधायुक्त प्रविधि र उचित उपचार सेवाकै कारण संक्रमितबाट मृत्यु हुनेको संख्या घट्दै जान लागेको क्लबका परियोजना प्रमुख गोविन्द पौड्यालले जानकारी दिनुभयो । 

खुला सिमानाको फाइदा उठाउँदै भारतका विभिन्न स्थानमा जाने र नेपाल फर्किने गर्दा संक्रमित झापामा बढ्ने गरे पनि पछिल्लो समयमा भने सो संख्या घट्दै गएको पौडेलको भनाइ छ । 

असुरक्षित यौन संसर्गकर्ता र लागुऔषध दुव्र्यसनी तथा मादक पदार्थको सेवनकर्ताकै कारण महिलाभन्दा पुरुषमा सो संख्या बढ्ने गरेको क्लबका कार्यक्रम संयोजक सोमराज ढकालले जानकारी दिनुभयो । 

विसं २०७४ साउन मसान्तसम्मको एक आवमा क्लबले ५१० संक्रमितलाई ७४६ पटक सेवा प्रवाह गरेको छ । पछिल्लो ११ महिनामा ३९ पुरुष र ३५ महिलासमेत संक्रमित पत्ता लगाई आवश्यक उपचार सेवा प्रदान गरिएको क्लबका भद्रपुर इञ्चार्ज अशोक चौधरीको भनाइ छ । 

क्लबले ११ महिनाका अवधिमा एक हजार ९६४ थान कण्डम वितरण गरेको र संक्रमित ६५ जनालाई चिकित्सा सेवा दिएको चौधरीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह