३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

एभरेष्टदेखी कान्तिपुरसम्म, प्रकाश पुरी

२८ भाद्र २०७४, बुधबार ११:२६

चिसाङ शेर्पा। भदौ २८, खोटाङ। पछिल्लो समयमा नेपाली चलचित्रको बजार, व्यापार, दर्शक र यसका समर्थकहरु बढेका छन् । राम्रा चलचित्रहरुको निर्माण, आवश्यक लगानी र बुझेका मान्छेहरुको प्रवेश नै मुल कारण हो । अहिले यस क्षेत्रमा धेरैको चासो बढेको पाईन्छ । सयौं युवायुवतीहरु चलचित्रमा आफनो भविष्य खोजीरहेका छन् तर ! उचित माध्यम र अध्ययन केन्द्रको कमीले धेरैले आफनो सपना पुरा गर्न पाईरहेका छैनन् तर अब भने अवस्था त्यस्तो छैन । नेपालमा मात्रै फिल्म पढ्न पाउने अहिले ३ वटा शैक्षिक संस्थाहरु कान्तिपुर फिल्म एकेडेमी, एभरेष्ट फिल्म एकेडेमी र ओस्कार कलेज रहेका छन् । एभरेष्ट, कान्तिपुरमा नितान्त फिल्म मात्रै पढाई हुने निजीक्षेत्रबाट सञ्चालित फिल्म स्कुल हुन् । ओस्कार त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । त्यहाँँ छनौटको बिषयमा मात्रै फिल्म पढ्न पाईन्छ । 


चलचित्र विषयपनी पढ्नुपर्छ ? यसको लागि छुट्टै स्कुल अथवा कलेज हुन्छ भन्ने धेरैलाई अहिलेसम्म थाहा नहुन सक्छ । असुरक्षित मानिने र धेरैले स्वीकार नगर्ने यो क्षेत्रको लागि निजी क्षेत्रबाट फिल्म स्कुलको सुरुवातगरी संचालन गर्नु आफैमा एउटा चुनौतीको कुरा हो । यद्यपी, यी सबै चुनौतीहरुलाई सामना गर्दै नवप्रवेशीहरुको सपना र नेपाली फिल्मको स्तरोन्तीको लागि अनवरत खटिरहने खोटाङ अर्खौलेका एक होनाहार युवा हुन् प्रकाश पुरी २७ बर्षका खोटाङ्गे युवा पुरी चलचित्र लेखक, निर्माता, एभेरेष्ट फिल्म एकेडेमी र कान्तिपुर फिल्म एकेडेमी काठमाडौका फाउण्डर÷ सिईओ हुन् ।

को हुन् प्रकाश पुरी 

खोटाङ जिल्लाको साविकको अर्खौले गाविसबाट २०६२ सालमा प्रवेशिका परिक्षा दिएर चलचित्रको दुनियाँमा भविष्य खोज्न काठमाडौ पसेका प्रकाश पुरीले आजको दिनसम्म आईपुग्नको लागि धेरै संघर्ष गर्नुप¥र्यो । आप्mनो आफन्त, चिनेजानेको कोही पनी यस क्षेत्रमा नभएको एउटा विकट पुर्बी पहाडी जिल्लाको निम्न बर्गीय परिवारको १७ बर्षीय ठिटोलाई काठमाडौजस्तो शहरमा आफ्नो सपना पछ्याउन त्यती सजिलो थिएन । उनी सानैदेखी चलचित्रमा काम गर्न चाहन्थे, चलचित्रको लागि कथा लेख्न चाहन्थे अनि चलचित्र बनाउन चाहन्थे । उनी आफनो यस्तो सपनाको बारेमा स्कुल, कलेजका साथीभाई सबैलाई खुलेर सुनाउँथे । त्यसैले पनी उनले आफनो सपनालाई कहिल्यै मर्न दिएनन् ।

सपनालाई विपनामा परिणत गर्नलाई रातादिन खटिरहंदा उनले धेरै ठाउँमा असफलताको ठक्कर खाएपछी जस्तोसुकै परिस्थितीमा पनी हार नखाई अहिले १२ बर्षपछी उनी नेपाली चलचित्रमा एउटा उदाउँदो चलचित्रकर्मीको रुपमा आफनो नाम स्थापित गराउन सफल भएका छन् । ०६७ सालमा उहाँको पटकथामा रेखा फिल्मस्को व्यानरबाट छविराज ओझाले ‘रावण’ चलचित्र निर्माण गरेपछी उनको चलचित्रक्षेत्रको ढोका खुलेको हो । पहिलो चलचित्रवाटै सफलताको स्वाद चाख्न पाएका उनले त्यसपश्चात १ दर्जन भन्दा बढी चलचित्रहरुको लागि कथा लेखेका छन् । चलचित्रमा एउटा स्थापीत राईटर भएर काम गरीसकेपछी चलचित्रको व्यापार, बजारलाई नजिकबाट नियालीसकेपछि उनलाई लाग्यो, अब नेपाली चलचित्रले एक कदम फड्को मार्नुपर्छ, चलचित्र क्षेत्रमा वजारमा के कस्ता कुराहरु भईरहेका छन् त्यो भन्दा स्तरिय चलचित्र बन्नुपर्छ र नेपाली चलचित्रले विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ ? त्यसको लागि एकमात्र उपाय थियो, नेपालमा एउटा स्तरिय फिल्म स्कुलको । 

त्यसपछी आफनो नेपाली चलचित्र लेखन यात्रालाई स्थगीत गरेर उनले लगातार ३ बर्ष लामो अध्ययन, अनुसन्धान र अभ्यास पश्चात नेपालमै पहिलोचोटी चलचित्र क्षेत्रका हस्तीहरु सुनिल थापा, उज्ज्वल घिमीरे छविराज ओझा लगायत २ दर्शन बढी चलचित्रकर्मीहरुसँगको सहकार्यमा पुरीले एभरेष्ट फिल्म एकेडेमी फिल्म स्कुलको सुरुवात गरे । फिल्मका विभिन्न विधा र एक्टीङ्ग अध्यापन गराईने एभरेष्ट फिल्म एकेडेमी उहाँकै अवधारणा, अध्यक्षतामा सुरुवात भएका हो । एकेडेमीमा नितान्त फिल्म पढाई हुने नेपालको पहिलो फिल्म स्कुल हो । अन्ततः राम्रो काम, नाम र दाम हुन् थालेपछी उनैले सुरु गरेको एकेडेमीबाट उनले बनाएको सञ्चालक समितिले ठुलो राजनीति र षड्यन्त्र गरेर उनलार्ई हटाइदिए ।

उनि स्वप्नील युवा बिद्यार्थीहरुको भविष्य र आफुले सुरुवात गरेको संस्था ईज्जतको लागि ३ बर्षको मेहेनत र लगानीलाई माया मारेर हाँसी हाँसी बाहिरीए । केही समय उनलाई विविध बनावटी आरोपहरु लगाएर बदनाम गराईयो । विडम्बना सत्य धेरै दिन लुकेन उनी बाहिरिएपछी विद्यार्थी, शिक्षकहरु तथा अन्य सदस्यहरुले पनी उनी निस्कीनुको रहस्य थाहा पाए । फिल्म एकेडेमी जसको सपना हो उसैलाई साथ दिनुपर्छ भन्दै अधिकांस विद्यार्थी शिक्षक सदस्यहरु उहाँसंगै एकेडेमीबाट निस्कीए । पुरी निस्कीएसँगै एभरेष्टमा अध्ययन अध्यापनको माहोल बिग्रीयो । त्यसपछी विद्यार्थीहरुको पढ्न पाउने अधिकार, उनिहरुको सपनाको लागि पुरी एक्लैले तिनै विद्यार्थी र शिक्षकहरुको सहयोगमा अर्को फिल्म स्कुलको स्थापना गरे कान्तिपुर फिल्म एकेडेमी । उहाँको निरन्तर मेहेनत, जोश, लगनशिलता र ईमान्दारीताकै प्रतिफल अहिले सुरुवात भएको ३ महिना नपुग्दै कान्तिपुर फिल्म एकेडेमी रसीयाको ‘स्टेट थिएटर ईन्टीच्युट’ सँग आवद्ध भएको छ । उक्त एकेडेमीबाट निर्मित छोटो फिल्महरु ‘कान्छि’, ‘स्ट्राईक’ र ‘लस्ट एण्ड फाउण्ड’ ले विश्वका धेरै वटा फिल्म फेस्टीवल र प्रतियोगीताहरु जितीसकेका छन् । अहिले उक्त एकेडेमीमा ७० जना भन्दा बढी विद्यार्थीहरु भर्ना भएका छन् । पुरै फिल्म ईन्डष्ट्रीले कान्तिपुर फिल्म एकेडेमीलाई एउटा आशाको केन्द्रको रुपमा हेरेको छ । 

कान्तिपुर फिल्म एकेडेमीको सञ्चालनसँगै पुरीले यो बर्षबाट चलचित्र निर्देशनको तयारी गर्दै चलचित्र निर्माणमा फर्किने योजना भएको बताए । अहिले स्कृप्टमा काम भईरहेको छ । उनले बनाउने चलचित्र बनीरहेका चलचित्र भन्दा स्तरिय, मनोरञ्जनात्मक र पुर्ण व्यावसायिक रहने बताएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा नेपालीले चलाएको कार दुर्घटनामा ४ जनाको मृत्यु पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी दयाहाङको ‘कार्साङ’ ले ६ दिनमा कति कमायो? सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ? भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने