२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानको एक विद्यालयलाइ १० थान कम्प्युटर सहयोग

२०७४, २९ भाद्र बिहीबार ०२:४०

शंकर केसी/भदौ २९, सल्यान । सल्यानको रीममा रहेको जीवनज्योती माध्यामिक विद्यालयले १० थान कम्प्युटर सहयोग प्राप्त गरेको छ । सांसद् प्रकाश ज्वाला र तुलसिपुर उपमहानगरपालिका दाङका मेयर घनश्याम पाण्डेले कम्प्युटर सहयोग प्रदान गर्नुभएको हो ।  


विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले सल्यान  क्षेत्र नम्बर २ का सांसद तथा व्यवस्थापिका अर्थ समितीका सभापती ज्वालाले र तुलसिपुर उपमहानगरपालिकाका मेयर पाण्डेले पाँचपाँच थान डेस्कटप कम्प्युटर सहयोग स्वरुप प्रदान गरेको विद्यालय व्यवस्थापन समितीका सल्लाहकार खड्क केसीले बताउनुभयो ।

यस्तै विकास स्टेशनरी तुलसिपुरका सञ्चालक डिल्ली केसीले किताव राख्ने दराज सहयोग गर्नुभएको छ । सहयोग सामग्री हस्तान्तरण गर्दै सांसद् ज्वालाले शिक्षा दिनु भनेको बालबालिकालाई भविष्यमा आइपर्ने समस्या समाधानमा सहयोग पु¥याउनु भएको जनाउँदै कम्प्युटर शिक्षा अहिलेको अपरिहार्य आवश्यकता रहेको बताउनुभयो ।  

उहाँले भन्नुभयो– ‘सूचना प्रविधिले सिकाइलाई रोचक बनाउछ । उसको क्षितिज फराकिलो पार्न सहयोग पु¥याउछ । प्रविधिल सिकाइमा आनन्द दिन्छ र बढी सिक्न सहयोग गर्छ । त्यसैले शिक्षण सिकाइमा कम्प्युटर लगायतका प्रविधिको प्रयोग हुन जरुरी छ ।’ यस्तै तुलसिपुर उपमहानगरका मेयर पाण्डेले आफुले जीवनज्योती मावि रीममा पढेको तथा शिक्षण गरेको जनाउँदै विद्यालयको माया र सहयोग सधैभरि रहने बताउनुभएको थियो ।  

उनले शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यापक अभियानको रुपमा लैजानु पर्ने धारणा राख्नुभएको थियो । यस्तै कार्यक्रममा कपुरकोट गाउँपालिका प्रमुख भिम बहादुर सेनले धेरै विद्यालयमाहरु दिइएका कम्प्यूटर सेटहरु प्रयोगको सीपको अभावमा थन्किएको पनि पाइएकोले यस्तो अवस्था आउन नहुने बताउनुभएको थियो । कार्यक्रममा विद्यालयको भौतीक तथा शैक्षिक विकासमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाइ सम्मान पनि गरिएको थियो ।

यसैविच विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टोपेन्द्र केसीले आर्थीक वर्ष २०७३।०७४ को आयव्यय विवरण पनि सार्वजनीक गर्नुभएको छ । विवरण प्रस्तुत गर्दै उहाँले ७८ लाख ३२ हजार आम्दानी भएको र ७० लाख रुपैया खर्च भइ विद्यालयमा ७ लाख ५० हजार रुपैया वचत रहेको जनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो