2026-08-27 11:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

संसार देख्न नसक्नेहरु भारी बोकेरै परिवार पाल्छन्

गोपालप्रसाद पोखरेल। भदौ २९, मोरङ। दृष्टिविहीन मानिसले के काम गर्न सक्छन् भनेर तपाईंलाई कसैले सोध्यो भने तपाईं सहजै जवाफ दिनुहुन्छ, केही गर्न सक्दैनन् । खान्छन्, घरमै बस्छन् । 

तर मोरङका एक दर्जन दृष्टिविहीनको हकमा भने यो जवाफ गलत हुन्छ । उज्यालो हुन नपाउँदै मोरङ लालभित्तीका ३२ वर्षीय दृष्टिविहीन गोविन्द राई भारतको जोगवनी हानिनुहुन्छ । त्यहाँ रु ५० हजार देखि ६० हजारको सामान किन्नुहुन्छ । 

उहाँ नाम्लो लगाएर थाप्लोमा बोकेर नेपाल आउनुहुन्छ र नेपालका बजारमा ती सामान बेच्नुहुन्छ । एकपटक सामान ल्याएर बेच्दा रु दुई हजार कमाइ हुने उहाँको भनाइ छ । उहाँले आफ्ना बूढा भएका बुबाआमा छोराछोरी पढाउने र भरणपोषण गर्दै आउनुभएको छ । संसार देख्न नसक्नेहरु साङगभन्दा सक्षम छन् । 

उहाँमात्र होइन, मोरङ तेतरीयाका दृष्टिविहीन ३० वर्षीय सरोज चौधरी, बेलबारीका दृष्टिविहीन अनिल चौधरी, रोशन ताजपुरीया, पथरीका दृष्टिविहीन अभिलेश कर्ण तथा सन्देश शर्मा भारतको जोगवनीबाट किराना सामान ल्याएर पसल पसलमा विक्री गरेर आफ्नो परिवार चलाइरहनुभएको छ । 

उहाँहरुले भारतको जोगवनीबाट किरानाका सामग्री किनेर भरियाको जस्तो भारी बोकेर नेपाल आउनुहुन्छ र बजारबजारमा भरियाजस्तै गरेर पुगी चिनीलगायतका सामग्री केही सस्तोमा बेच्नुहुन्छ । 

उहाँहरुले आफ्ना बूढा भएका बाबुआमा र छोराछोरी पाल्नुका साथै राम्रो स्कुलमा छोराछोरी पढाउनुभएको छ । भारी बोकेर रानी— विराटनगर सडकखण्डमा भेटिनुभएका सरोज चौधरी भन्नुहुन्छ, “हामीजस्ता संसार नदेख्ने मागेर खान्छन्, हामीलाई माग्न लाज लाग्छ, त्यसैले भारी बोकेर भएपनि परिवार पालिरहेका छौँ ।” गोविन्दले मेहनत गरेर दुवै छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आउनुभएको छ । 

उहाँले किरानाका सामान बेचेरै छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउनुभएको हो । उहाँहरु जन्मँदै दृष्टिविहीन हुनुहुन्छ । आफ्नै भारी बोकेर जीविका चलाउने दृष्टिविहीन उहाँले बिए पास गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
 सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन