२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विद्यार्थी हत्याको आरोपमा चारजना पक्राउ

२०७४, ३० भाद्र शुक्रबार ०५:०२

भदौ ३०, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी तिलक चन्दको हत्याको आरोपमा प्रहरीले बिहीबार चारजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मृतककै सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले चारैजनालाई हिरासतमा राखी अनुसन्धानको कार्य शुरु गरेको छ । 

पक्राउ परेकाले प्रारम्भिक बयानका क्रममा मृतकको कानमा लगाएको सुनको मुन्द्रा लुट्नका लागि हत्या गरेको बयान दिएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले बताउनुभयो । 

चन्द विद्यालयबाटै भदौ २५ गतेदेखि बेपत्ता रहेका थिए । विद्यालयबाटै बेपत्ता भएका विद्यार्थीको शव खेतमा घाँस काट्न गएका महिलाले खोला किनारामा देखेपछि बुधबार राति ८ बजे प्रहरीलाई खबर गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस