२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

वाक नेपाल साफेबगरको २०औँ साधारण सभा सम्पन्न

२०७४, ३१ भाद्र शनिबार ०२:५१

कमल रावल/भदौ ३१, अछाम । पहुच र सृजनाका लागि सहकार्य नेपाल वाक नेपाल साफेबगरको २० औँ साधारण सभा सम्पन्न भएको छ । 

समृद्ध समाजको सृजना वाक नेपालको चाहाना, दिगो विकासका लागि संविधानको पूर्ण कार्यान्वयन हाम्रो कामना भन्ने मुल नाराका साथ केन्द्रिय कार्यालय साफेबगरमा भएको साधारण सभामा साफेबगर नगरपालिकाका नगरप्रमुख कुल बहादुर कुवर प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथिको आशनबाट बोल्दै कुँवरले जनतालाई आत्मनिर्भर बनाउन संस्थाको अतुलनिय योगदान रहेको बताउनु भयो । 

काम नगरि कागजी रुपमा काम गरेर देखाउने झोले संस्था साफेबगर यसअघि थुप्रै भेटिएकाले आगामि दिनमा आफुले कारबाही गर्ने बताउनु भयो । वाक नेपालले जिल्लामा छुट्टै पहीचान बनाउन सफल भएकाले अझै जनतामैत्रि बन्दै जानु पर्ने सुझाव दिनु भएको थियो । अहिले सस्था सामाजिक रुपमा उभिन सफल भएको र वाक नेपालले निकै महत्वपूर्ण काम गरेको बताउनु भयो । अगामि दिनमा आफनो नगरले पनि समुदायको हितमा काम गर्ने संस्थाहरु संग मिलेर काम गर्ने प्रतिबद्धता जनाउनु भयो । 

वाक नेपालका अध्यक्ष मीन बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि गैर सरकारी संस्था महासंघ अछामका अध्यक्ष खडक खड्का रहनु भएको थियो । 

कार्यक्रममा जिल्ला समुन्वय समिति सदस्य लक्ष्मी शाह, नेकपा एमालेका सुरेश कुवर, नेकपा माओबादिका सुरत भुल, वडा नम्बर ९ का  अध्यक्ष धुव्र्र थापा, वडा नम्बर ४ का वडा सदस्य राजेन्द्र बिक, खप्तड गुल्मका महेन्द्र  बम, प्रहरी कार्यालय साफेबगरका दिपक गिरि, सेवक नेपालका ललित वोगटि, वाक नेपालका हस्त कडायत, सुशिला बोगटि लगाएतले शुभकामना राख्नु भएको थियो । 

सस्थाको मुल्यांकन कार्य सम्पादनको आधारमा वाक नेपालका कर्मचारी चेतराज जोसि, टंकेश्वरि ढुंगाना, माहादेब ओझा, तित बहादुर बिक, सुरेन्द्र रावल, राजेन्द्र बोहरालाई खादा दोसल्ला प्रमाण पत्रसहित सम्मान गरिएको थियो । 

दिगो जिबिकोपार्जन, स्वस्थ्य र दिर्घ जीवन, शिक्षा, बिपत, शुसासन, अधिकार, लक्षित समुदायको स्तरमा सुधार ल्याउन विभिन्न क्षेत्रमा काम गरिएको बताएको छ । 

कार्यक्रमको बार्षिक प्रगति प्रतिबेदन वाक नेपालका कार्यकारि निर्देशक देबिलाल उपाध्यायले बार्षिक आर्थिक बर्ष २०७३।०७४ को आम्दानि खर्चको विवरण प्रस्तुत गरिएको थियो । वाक नेपालका उपाध्यक्ष बल बहादुर केशिको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिब ममिन मियाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ