२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा प्रशोधन केन्द्र भएपनि फोहर खोलामा फालिन्छ

२०७४, १ आश्विन आईतवार ०६:१८

यज्ञराज आङदेम्बे।असोज १, झापा। जिल्लाको दमक नगरपालिकामा एक वर्षअघि निर्माण सम्पन्न भएको पूर्वाञ्चलकै पहिलो फोहरमैला प्रशोधन केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । 

दमकको बजारी क्षेत्रबाट निस्कने दैनिक फोहरमैलाको दीर्घकालीन व्यवस्थापन गर्ने उद्देश्यले नगरपालिकाले निर्माण गरेको प्रशोधन केन्द्र सञ्चालनमा चासो नदिँदा केन्द्र हालसम्म उपयोगमा आउन सकेको छैन । फोहर प्रशोधन केन्द्र सञ्चालनमा आउन नसक्दा रतुवा खोलामै जथाभावी फोहरमैला फ्याँक्दै आएको पाइएको छ । 

दमक नगरपालिकाको वातावरण शाखाका अनुसार दमकमा दैनिक १५ टन फोहरमैला निस्कने गरेको छ । त्यस्तो फोहरमैलाको व्यवस्थापन पछिल्ला अढाई वर्षदेखि भने निजी क्षेत्रको संस्था पाथवे नेपाल जेभीले गरिआएको छ । 

दमकको फोहरमैला लामो समयदेखि दमक–२ स्थित बेलडाँगीस्थित रतुवा खोलाको बगरमा फालिने गरेको छ । यसरी खोला बगरमा फोहर फालिँदा समस्या भएको स्थानीयवासीले गुनासो गर्दै आएका छन् । तर नगरपालिकाले भने अहिले फालिँदै आएको प्रणालीलाई नै सुरक्षितरुपमा फोहर फाल्ने गरेको दाबी छ । यहाँस्थित स्थानीयवासी बेलडाँगीका राम तामाङ नगरपालिकाले फोहरमैलाको व्यवस्थापन गर्न प्रशोधन केन्द्र निर्माण गरे पनि त्यसलाई सञ्चालन नगरी परम्परागत ढंगले फोहरको व्यवस्थापन गर्दा यस क्षेत्रका बासिन्दा नराम्ररी प्रभावित हुनुपरेको गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ,, “फोहरमैला जथाभावी व्यवस्थापन गर्दा दुर्गन्धितसँगै वातावरण नै प्रदूषित बन्दै गएको छ ।” 

नजिकै प्रशोधन केन्द्र बने पनि उपयोगमा नआउँदा स्थानीय क्षेत्रमा दुर्गन्ध फैलिएको उहाँको भनाइ छ । तामाङका अनुसार प्रशोधन केन्द्र बनाएको भन्छन्, तर अहिलेसम्म पनि प्रयोगमा ल्याउँदैनन्, यसले गर्दा दुर्गन्ध फैलिएको छ, खोला अलिक ठूलो भयो भने खोलाले बगाएर सबै फोहर तल बस्तीसम्म आउने गरेको छ । 

नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालका अनुसार वातावरणीय दृष्टिले अनुकूल मानिएको त्यस प्रशोधन केन्द्रलाई उपयोगमा ल्याउने तयारी भइरहेको छ । यो दशैँ, तिहारलगत्तै प्रशोधन केन्द्रलाई सञ्चालनमा ल्याउने उहाँको दाबी छ । नगरपालिकाको आन्तरिक समस्याका कारण समयमै प्रशोधन केन्द्र सञ्चालन गर्न नसकिएको बताउँदै उहाँले भन्नुभयो, “अब प्रशोधन केन्द्रलाई सञ्चालनमा ल्याएर पूर्वकै नमूना बनाउने छौँ ।” यस्तो उपकरणयुक्त प्रशोधन केन्द्र पूर्वाञ्चलको पहिलो भएको नगरपालिकाको दाबी छ । 

प्रशोधन केन्द्रले फोहरमैलालाई ग्रेडिङ गरेर काम नलाग्ने फोहरको मल बनाउने र लाग्नेलाई प्रशोधन गरेर पुनः प्रयोग गर्न सकिने क्षमताको हुनेछ । दमकको चोकदेखि तीन किमी उत्तरी क्षेत्रमा अवस्थित हम्सेदुम्से सामुदायिक वन हातामा करिब रु एक करोड ३० लाखको लागतमा प्रशोधन केन्द्र निर्माण गरिएको छ । 

प्रशोधन केन्द्र निर्माण गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रबाट आव २०७१/७२ र २०७२/७३ मा रु एक करोड ३० लाख बजेट विनियोजन भएको दमक नगरपालिकाका वातावरण प्रमुख द्रोण थापाले बताउनुभयो । रासस

केन्द्र सामुदायिक वन क्षेत्रको तीन बिगाहा क्षेत्रफलमा फैलिएको छ । त्यहाँ फोहरमैला व्यवस्थापनका लागि तीनकोठे पक्की कार्यालय भवन, विद्युत् लाइन विस्तारलगायतका कार्य सम्पन्न भएको थापा बताउनुहुन्छ । थापाका अनुसार उक्त प्रशोधन केन्द्रले जैविक फोहरबाट कम्पोस्ट मल उत्पादन गरेर आम्दानी गर्ने स्रोतका रुपमा विस्तार गरिने लक्ष्य राखिएको छ । 

अजैविक फोहरबाट पुनः प्रयोगमा आउनेलाई पुनः प्रशोधन गरी प्रयोग गर्ने लक्ष्य रहेको छ । उपकरण जडान गर्ने प्राविधिक अभावमा प्रशोधन केन्द्र स्थापना गर्न नसकिएको बताइएको छ । गत वर्षदेखि नै प्रशोधन केन्द्र सञ्चालन गर्ने भनिएको भए पनि प्रविधि जडान गर्ने प्राविधिक भारतबाट नै झिकाउनु पर्ने भएकाले आन्तरिक कठिनाइले त्यसले काम गर्न नसकिएको थापा बताउनुहुन्छ । 

यता दमकको फोहरमैलाको व्यवस्थापनमा जिम्मा पाएको पाथवे नेपाल जेभीका अध्यक्ष सुवास बस्नेत प्रशोधन केन्द्र सञ्चालन नहुँदा दमकको दीर्घकालीन फोहरमैला व्यवस्थापनका लागि चुनौती बनिने अवस्था भएको बताउनुहुन्छ । 

उहाँले प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा फोहर व्यवस्थापनमा खर्च धेरै बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “फोहर पुर्नका लागि एउटा जेसिभी सधैँ त्यही राख्नुपर्ने अवस्था छ, त्यसैले प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याउनुपर्छ ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो