२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

दिमागमा बल्न नसकेका बत्तीहरु

२०७२, २४ मंसिर बिहीबार २०:४२

bardiya lightप्रभात सुवेदी।मङ्सिर २५, बर्दिया । रातीदेखि विहानी झिसमिसेसम्म साथ दिने तर दिनभरको समयमा आफु भने सधै वेपत्ता भएर फेरि साँझ मसिनो र विरसिलो भएर निक्लिँदै पुनः आफ्नो रोशनी चम्काउँदै सारा बटुवा र वरपरका बासिन्दाहरुलाई यसले साथ दिन थालेको एक महिना भन्दा पनि बढी भएको छ ।

गुलरिया नगरपालिका वडा नं. १ कमलपुर (१४नं.) मा विगत एक महिनादेखि निरन्तर पोलमा दुइओटा बत्तीरुहरु विना स्विच दिनरात बलिरहँदा पनि कसैको ध्यान जान सकेको छैन ।

bardiya light1

यो त सामान्य उदाहरण मात्र भयो तर लोडसेडिङसँगै निभ्ने गरेका अधिकांश सडक बत्तीहरुको हालत यस्तै भैरहेको देख्दा हामी कतै निरिह प्राणी त हैनौं भन्ने लागेको छ । यसरी निरन्तर दिनरात बत्ती बलिरहँदा पनि हामी भित्रको सामाजिक भावना कता गएको हो कुन्नी केही बुझ्न सकिएको छैन ?

स्थानीय होटल व्यवसायी सन्तराज पोखरेलको होटलमा रातभरी उज्यालो पार्ने ५० मिटरको दूरीमा रहेका यी दुइओटा सडकबत्तीहरु रातदिन गरी एक महिनाभन्दा पनि लामो समयसम्म बलिरहँदा न त उहाँको नै ध्यान गएको छ न त सम्बन्धित निकायको नै । उहाँ भन्नुहुन्छ, ‘स्विच थियो तर केटाकेटीहरु आएर फुटालिदिए, विद्युतको गाडी यहि बाटोबाट जाँदा मैले नै गाडि रोकेर यो बनाइदिनुस् भनी अनुरोध गरेँ तर उनीहरुले वास्तै नगरीकन गए ।’

bardiya light2

यसरी नगर तथा गाउँघरहरुमा पनि आजभोली प्रसस्त सडक बत्तीहरु दिनभरी बलेको देख्न पाइन्छ । यो राम्रो कुरा हैन । केही सुझबुझ भएका जनताहरु बस्ने सहरी क्षेत्रहरुमा त यस्तो छ भने अरु कसलाई के भन्ने र ? लोडसेडिङ र अनवीकरणीय उर्जाको सङ्कट अझ त्यसैमाथि भारतले जारी राखेको अघोषित नाकाबन्दीको यो अवस्थामा हाम्रो दिमागको बत्ती नबल्ने हो भने अव यो मुलुक र समाज कतातिर जाने हो त ? यस कुरामा सम्बन्धित निकाय खासगरी विद्युत प्राधिकरणको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल