२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

दिमागमा बल्न नसकेका बत्तीहरु

२४ मंसिर २०७२, बिहीबार २०:४२

bardiya lightप्रभात सुवेदी।मङ्सिर २५, बर्दिया । रातीदेखि विहानी झिसमिसेसम्म साथ दिने तर दिनभरको समयमा आफु भने सधै वेपत्ता भएर फेरि साँझ मसिनो र विरसिलो भएर निक्लिँदै पुनः आफ्नो रोशनी चम्काउँदै सारा बटुवा र वरपरका बासिन्दाहरुलाई यसले साथ दिन थालेको एक महिना भन्दा पनि बढी भएको छ ।

गुलरिया नगरपालिका वडा नं. १ कमलपुर (१४नं.) मा विगत एक महिनादेखि निरन्तर पोलमा दुइओटा बत्तीरुहरु विना स्विच दिनरात बलिरहँदा पनि कसैको ध्यान जान सकेको छैन ।

bardiya light1

यो त सामान्य उदाहरण मात्र भयो तर लोडसेडिङसँगै निभ्ने गरेका अधिकांश सडक बत्तीहरुको हालत यस्तै भैरहेको देख्दा हामी कतै निरिह प्राणी त हैनौं भन्ने लागेको छ । यसरी निरन्तर दिनरात बत्ती बलिरहँदा पनि हामी भित्रको सामाजिक भावना कता गएको हो कुन्नी केही बुझ्न सकिएको छैन ?

स्थानीय होटल व्यवसायी सन्तराज पोखरेलको होटलमा रातभरी उज्यालो पार्ने ५० मिटरको दूरीमा रहेका यी दुइओटा सडकबत्तीहरु रातदिन गरी एक महिनाभन्दा पनि लामो समयसम्म बलिरहँदा न त उहाँको नै ध्यान गएको छ न त सम्बन्धित निकायको नै । उहाँ भन्नुहुन्छ, ‘स्विच थियो तर केटाकेटीहरु आएर फुटालिदिए, विद्युतको गाडी यहि बाटोबाट जाँदा मैले नै गाडि रोकेर यो बनाइदिनुस् भनी अनुरोध गरेँ तर उनीहरुले वास्तै नगरीकन गए ।’

bardiya light2

यसरी नगर तथा गाउँघरहरुमा पनि आजभोली प्रसस्त सडक बत्तीहरु दिनभरी बलेको देख्न पाइन्छ । यो राम्रो कुरा हैन । केही सुझबुझ भएका जनताहरु बस्ने सहरी क्षेत्रहरुमा त यस्तो छ भने अरु कसलाई के भन्ने र ? लोडसेडिङ र अनवीकरणीय उर्जाको सङ्कट अझ त्यसैमाथि भारतले जारी राखेको अघोषित नाकाबन्दीको यो अवस्थामा हाम्रो दिमागको बत्ती नबल्ने हो भने अव यो मुलुक र समाज कतातिर जाने हो त ? यस कुरामा सम्बन्धित निकाय खासगरी विद्युत प्राधिकरणको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…