कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कार्य"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मानव स्वास्थ्यसँग सम्बन्धित वस्तुको अनुगमन

२०७४, २ आश्विन सोमबार ०६:२१

असोज २, पोखरा। रुपा गाउँपालिका कार्यालय कास्कीले गाउँपालिका क्षेत्रभित्र मानव स्वास्थ्य र त्यससँग सम्बन्धित विविध वस्तुको आइतबार अनुगमन गरेको छ । 


कार्यालयले स्वास्थ्य संस्था, विद्यालयका साथै मानिसले उपयोग गर्ने औषधिजन्य वस्तु, खाद्यान्न आदिको सम्बन्धित विषय सम्बद्ध प्राविधिकको उपस्थितिमा अनुगमन गरेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । 

उहाँका अनुसार छुट्टछुट्टै दुई समूहमार्फत गाउँपालिकाका वडा नं ३, ४, ५ र ७ का मुख्य बजार देउराली, गैरापोखरी, पोल्याङ, रामदी, रामपुर र पिप्लेका १२० वटा पसलमा अनुगमन गरिएको थियो । 

अनुगमनका क्रममा बजारमा बिक्रीका लागि राखिएका विभिन्न कम्पनीका बिस्कुट, सुजी, खानेतेल, गुल्कोज लगायतका सामग्री म्याद सकिएका पाइएको उहाँले बताउनुभयो । 

त्यस्तै साँझ ५:०० देखि ९:०० बजेसम्म बाहेक अन्य समयमा मदिरा बिक्री वितरणमा पनि रोक लगाइएको छ । अनुगमन टोलीमा सम्बन्धित वडाका जनप्रतिनिधि, स्वास्थ्य, पशु स्वास्थ्य, कृषि क्षेत्रका प्राविधिक सुरक्षाकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण