Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पाँच दशकपछि कंचनपुरको भन्सार गड्डाचौकीमा एक्सरे मेसिन

२०७४, २ आश्विन सोमबार १०:३१

असोज २, कंचनपुर। सुदूरपश्चिमकै प्रमुख भन्सार नाका गड्डाचौकीमा भन्सार कार्यालय स्थापना भएको ५५ वर्षपछि जाँचका लागि एक्सरे मेसिन जडान गरिएको छ । 


व्यापारिक नाकाभन्दा पनि सुदूरपश्चिम र मध्यपश्चिमका सर्वसाधारण भारतका विभिन्न शहरमा मजदुरी गर्न आवतजावत गर्ने नाकाका रुपमा परिचित गड्डाचौकी नाकामा यात्रुको सहज जाँचका लागि एक्सरे मेसिन सञ्चालनमा ल्याइएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले जनाएको छ । 

“मजदुरी गरेर घर फर्किंदा यात्रुलाई दुई÷दुई ठाउँमा झोला खोलेर देखाउने झन्झटबाट मेसिन जडानले मुक्ति दिएको छ,” कञ्चनपुर भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत विकास कुमारले रासससित भन्नुभयो, “मुख्य नाकामा भन्सार जाँचका लागि धेरै सुधार भएका छन् ।” 

गड्डाचौकी भएर सर्वसाधारण भारतको राजधानी नयाँ दिल्ली, सिमला, देहरादुन, हरिद्वार, बैंग्लोरलगायतका ठाउँमा जाने गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका भन्सारमध्ये नेपालमै पहिलोपटक यहाँ एक्सरे मेसिन सञ्चालनमा ल्याइएको भन्सार अधिकृत विकास कुमारले जानकारी दिनुभयो । 

“भन्सार नाकामा पाँच स्थानमा एक्सरे मेसिन सञ्चालन गर्ने तयारी भइरहेको छ,” उहाँले भन्नुभयो । एक्सरे मेसिन सञ्चालनमा आएसँगै सामान्यखालका तस्करी, भन्सार छलीमा कमी आउने उहाँको भनाइ छ । 

एशियाली विकास बैंकको अनुदान सहयोगमा रु एक करोडको लागतमा उक्त एक्सरे मेसिन जडान गरिएको बताइएको छ । दुई वर्षअघि गड्डाचौकी भन्सारमा आठवटा सिसिटिभी क्यामेरासमेत जडान गरिएका थिए । अहिले थप पाँचवटा क्यामेरा थपिएका छन् । भन्सार कार्यालयभित्र धेरै आन्तरिक सुधार भएका छन् । 

भन्सारमा रिङरोड स्थापना, गोदामघर निर्माणका साथै सामान तत्कालका लागि राख्ने सेटघर निर्माण भई सञ्चालनमा आइसकेको छ । भन्सारकै सुधारका कारण कञ्चनपुर भन्सारको वार्षिक राजश्व असुल गर्ने लक्ष्य वर्षेनी बढ्दै गइरहेको छ । चालू आवमा भन्सार कार्यालयले वार्षिक रु ३२ करोड ४७ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको भन्सार कार्यालयले जनाएको छ । 

जिल्लामा अन्य छोटी भन्सार कार्यालय मध्ये हाल दक्षिण क्षेत्रमा रहेको बेलौरी छोटी भन्सार सञ्चालनमा छ । कर्मचारी अभाव तथा सुरक्षा सवल नहुँदा छोटी भन्सार कार्यालय प्रभावकारीरुपमा सञ्चालन हुन नसकेको भन्सार अधिकृत कुमारले बताउनुभयो । विसं २०१९ मा स्थापना भएको कञ्चनपुर भन्सार कार्यालयको आन्तरिक व्यवस्थापनसँगै राजश्व संकलनमा समेत सुधार आएको छ । 

पाँच वर्षअघि कञ्चनपुर भन्सारले वार्षिक रु चार करोड राजश्व संकलनको लक्ष्य लिँदै आएको थियो । क्रमशः राजश्व संकलन लक्ष्य दु्रत गतिमा बढेको छ । गड्डाचौकीपारि भारततर्फ प्रहरी, भन्सार र भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले छुट्टाछुट्टै जाँच गर्दा सीमामा यात्रुले ठाउँ ठाउँमा झोला खोल्नुपर्ने बाध्यता छ । कञ्चनपुरको दोधारा, चाँदनी, पचुईलगायतका क्षेत्रमा रहेका छोटी भन्सार अझै सञ्चालनमा आउन सकेका छैनन् ।   रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस