2026-08-27 12:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

ऐतिहासिक पञ्चावती गढीमाईको मन्दिर उपेक्षित

हरिकुमार राई। असोज ३, उदयपुर। उदयपुरगढी गाउँपालिका, गढीमा रहेको ऐतिहासिक पञ्चावती गढीमाईको मन्दिर उचित जीर्णोद्धारविना उपेक्षित अवस्था छ । 

भौतिक व्यवस्थापनमा ध्यान जान नसक्दा मन्दिर दिनानुदिन छायामा परेको स्थानीयवासी बताउँछन् । विसं १८३१ मा चौदण्डीगढीबाट राजा उदयपुर सेन पञ्चावती गढीमा आएर गढीमाईको मन्दिर स्थापना र छुट्टै दरबारसमेत निर्माण गर्न लगाई शासन सञ्चालन सुरु गरेको गढीका वयोवृद्ध शेषप्रसाद खतिवडा बताउनुहुन्छ । 

राजा उदयले आफैँ बिहान, बेलुकी देवीको मन्दिरमा पूजा तथा आराधनासमेत गर्ने गरेको अर्का जानकार होमबहादुर राउतको भनाइ छ । विसं १८३० तिर गोरखाका राजा पृथ्वीनारायण शाहका प्रमुख सेनापति अभिभानसिंह बस्नेतको नेतृत्वको फौजले पूर्वी नेपाल एकीकरण गर्ने क्रममा चौदण्डीगढी र उदयपुरगढीलाई आक्रमण गरेर नेपालमा गाभेपछि उदयपुरगढी दरबार र पञ्चावती मन्दिर नष्ट गरेको ७५ वर्षीय रितराज भट्टराई बताउनुहुनछ । 

एकीकरणपछि पञ्चावती मन्दिर जीर्ण बन्दै गएपछि मन्दिरभित्र रहेका महत्वपूर्ण मूर्ति तथा धातुका वस्तु चोरिएको थियो । पछि विसं १९७२ तिर स्थानीयवासी एक मगर युवकले सपनामा पञ्चावती गढीमाई देवीको चोरी भएको पञ्चमूर्ति जंगलमा रहेको संकेत पाएपछि मूर्ति उत्खनन गरेर पुनःमन्दिरमा स्थापना गरेको बताइएको छ । 

पञ्चायत कालमा मन्दिरको जीर्णोद्धार र रेखदेख गर्ने काम नभएपछिपछि मन्दिर झनै जीर्ण बन्दै गएको र मन्दिरका मूर्ति पुनःचोरी भएको भट्टराई बताउनुहुन्छ । 

छयालीस सालपछि मन्दिरको जीर्णोद्धार नहुनु र मन्दिर परिसर आसपास क्षेत्रमा सरसफाइ नहुनु, मन्दिरतर्फ जाने बाटो तथा सडक व्यवस्थापन नहुनुका कारण पञ्चावती गढीदेवीको मन्दिर झनै छायामा पर्दै गएको स्थानीवासी बताउँछन् । 

मन्दिरको इतिहास बचाउनका लागि आफूहरुले पटक पटक पुरातात्विक विभागदेखि सम्बन्धित मन्त्रालयसम्म पुगेर मन्दिरको जीर्णोद्धार गरिदिन र बजेटको व्यवस्थापन गरी भौतिक व्यवस्थापनमा सुधार गरिदिन अनुरोध गरिसकेको पञ्चावती माविका पूर्वप्रअ तथा शिक्षक इच्छालाल परियारले जानकारी दिनुभयो ।

गढी आसपासका स्थानीयवासी केही मन्त्री, मन्त्रालयका सचिव तथा राजदूतसमेत भइसके पनि उनीहरुले मन्दिरको संरक्षण र सम्बद्र्धनमा कुनै आवाजसमेत नउठाएको स्थानीयवासी रामबहादुर मगर बताउनुहुन्छ । 

विसं २०६७ मा तत्कालीन गाविसबाट केही बजेट विनियोजन गरेर मन्दिरमा केही नयाँ मूर्ति स्थापना गरिएको, मन्दिर सफाइ र रङरोगन लगाई हेर्नलायकको बनाउने प्रयास भने भएको समेत मगर र भट्टराईले बताउनुभयो । 

उदयपुरको नाम नै गढीका सेन राजा उदयबाट रहन गएको र उनैले स्थापना गरेको पञ्चावती गढीमाई भगवतीको मन्दिर हुनाले यसको विशेष महत्व रहेको उदयपुरगढीवासी बताउँछन् । 

पृथ्वीनारायणका फौजले आक्रमण गरेपछि राजा उदय गढीबाट नै बेपत्ता भएको र पुरानो दरबार परतिर गढीको टुप्पामा अलप भएको किंवदन्ती पाइन्छ । 

स्थानीयवासी रामबहादुर मगर भन्नुहुन्छ, “राजा उदय सेन अलप भएर गढीको पछिल्तिरको डाँडामा रहेको भनाइ छ, त्यसैले अहिले पनि बिहान बेलुकी गढीको परतिर डाँडाको टुप्पोमा मादल बज्ने गरेको आवाज सुनिने गरेको छ । यो कुरा सत्य हो, सबैले सुन्न सक्छन् ।” राजा उदय मादल बजाउने मन्दिरमा भजनकीर्तन गर्ने खालका थिए, यसै कारण अहिले पनि उनको मादल उनी अलप भएको स्थानमा बज्ने गरेको भनाइ छ । 

गढीमाईको मन्दिरको ठीक उत्तरपश्चिम दिशाको ५० मि परतिर नै राजा उदयको पुरानो दरबार अहिले पनि छँदैछ । यस क्षेत्रमा अहिले विभिन्न वनस्पति उम्रेर ढाकेको छ । 

उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मोहन मगर र उपाध्यक्ष सानु राउतले आफू गाउँपालिकामा निर्वाचित भएर आएपछि मन्दिर व्यवस्थापन गर्न अलिकति बजेटको व्यवस्थापन गरेको र दरबार क्षेत्रलाई पर्यटकीय स्थान बनाउन पहल गरेको बताउनुहुन्छ । 

गाउँपालिकाको बजेटले मात्र सम्भव नहुने हुनाले सबैको पहलमा राष्ट्रियस्तरबाट नै योजना व्यवस्थापन गर्न सके उदयपुरगढीमा पर्यटन विकासको समेत हुन सक्ने उहाँहरुको धारणा छ । 

अहिले पनि तीज, कृष्णाष्टमी, बडादशैँ, शिवरात्रि, रामनवमी आदि चाडपर्वमा गढीमाईको मन्दिरमा मेला लाग्ने र पूजा तथा आराधना हुँदै आएको छ । उदयपुरबाहेक सप्तरी, सिरहा, सिन्धुली खोटाङ, ओखलढुंगाबाट समेत ठूलो संख्यामा भक्तजन गढीमाईदेवीको दर्शन र पूजा तथा आराधना गर्न आउँछन् ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’