2026-11-02 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

ऐतिहासिक पञ्चावती गढीमाईको मन्दिर उपेक्षित

हरिकुमार राई। असोज ३, उदयपुर। उदयपुरगढी गाउँपालिका, गढीमा रहेको ऐतिहासिक पञ्चावती गढीमाईको मन्दिर उचित जीर्णोद्धारविना उपेक्षित अवस्था छ । 

भौतिक व्यवस्थापनमा ध्यान जान नसक्दा मन्दिर दिनानुदिन छायामा परेको स्थानीयवासी बताउँछन् । विसं १८३१ मा चौदण्डीगढीबाट राजा उदयपुर सेन पञ्चावती गढीमा आएर गढीमाईको मन्दिर स्थापना र छुट्टै दरबारसमेत निर्माण गर्न लगाई शासन सञ्चालन सुरु गरेको गढीका वयोवृद्ध शेषप्रसाद खतिवडा बताउनुहुन्छ । 

राजा उदयले आफैँ बिहान, बेलुकी देवीको मन्दिरमा पूजा तथा आराधनासमेत गर्ने गरेको अर्का जानकार होमबहादुर राउतको भनाइ छ । विसं १८३० तिर गोरखाका राजा पृथ्वीनारायण शाहका प्रमुख सेनापति अभिभानसिंह बस्नेतको नेतृत्वको फौजले पूर्वी नेपाल एकीकरण गर्ने क्रममा चौदण्डीगढी र उदयपुरगढीलाई आक्रमण गरेर नेपालमा गाभेपछि उदयपुरगढी दरबार र पञ्चावती मन्दिर नष्ट गरेको ७५ वर्षीय रितराज भट्टराई बताउनुहुनछ । 

एकीकरणपछि पञ्चावती मन्दिर जीर्ण बन्दै गएपछि मन्दिरभित्र रहेका महत्वपूर्ण मूर्ति तथा धातुका वस्तु चोरिएको थियो । पछि विसं १९७२ तिर स्थानीयवासी एक मगर युवकले सपनामा पञ्चावती गढीमाई देवीको चोरी भएको पञ्चमूर्ति जंगलमा रहेको संकेत पाएपछि मूर्ति उत्खनन गरेर पुनःमन्दिरमा स्थापना गरेको बताइएको छ । 

पञ्चायत कालमा मन्दिरको जीर्णोद्धार र रेखदेख गर्ने काम नभएपछिपछि मन्दिर झनै जीर्ण बन्दै गएको र मन्दिरका मूर्ति पुनःचोरी भएको भट्टराई बताउनुहुन्छ । 

छयालीस सालपछि मन्दिरको जीर्णोद्धार नहुनु र मन्दिर परिसर आसपास क्षेत्रमा सरसफाइ नहुनु, मन्दिरतर्फ जाने बाटो तथा सडक व्यवस्थापन नहुनुका कारण पञ्चावती गढीदेवीको मन्दिर झनै छायामा पर्दै गएको स्थानीवासी बताउँछन् । 

मन्दिरको इतिहास बचाउनका लागि आफूहरुले पटक पटक पुरातात्विक विभागदेखि सम्बन्धित मन्त्रालयसम्म पुगेर मन्दिरको जीर्णोद्धार गरिदिन र बजेटको व्यवस्थापन गरी भौतिक व्यवस्थापनमा सुधार गरिदिन अनुरोध गरिसकेको पञ्चावती माविका पूर्वप्रअ तथा शिक्षक इच्छालाल परियारले जानकारी दिनुभयो ।

गढी आसपासका स्थानीयवासी केही मन्त्री, मन्त्रालयका सचिव तथा राजदूतसमेत भइसके पनि उनीहरुले मन्दिरको संरक्षण र सम्बद्र्धनमा कुनै आवाजसमेत नउठाएको स्थानीयवासी रामबहादुर मगर बताउनुहुन्छ । 

विसं २०६७ मा तत्कालीन गाविसबाट केही बजेट विनियोजन गरेर मन्दिरमा केही नयाँ मूर्ति स्थापना गरिएको, मन्दिर सफाइ र रङरोगन लगाई हेर्नलायकको बनाउने प्रयास भने भएको समेत मगर र भट्टराईले बताउनुभयो । 

उदयपुरको नाम नै गढीका सेन राजा उदयबाट रहन गएको र उनैले स्थापना गरेको पञ्चावती गढीमाई भगवतीको मन्दिर हुनाले यसको विशेष महत्व रहेको उदयपुरगढीवासी बताउँछन् । 

पृथ्वीनारायणका फौजले आक्रमण गरेपछि राजा उदय गढीबाट नै बेपत्ता भएको र पुरानो दरबार परतिर गढीको टुप्पामा अलप भएको किंवदन्ती पाइन्छ । 

स्थानीयवासी रामबहादुर मगर भन्नुहुन्छ, “राजा उदय सेन अलप भएर गढीको पछिल्तिरको डाँडामा रहेको भनाइ छ, त्यसैले अहिले पनि बिहान बेलुकी गढीको परतिर डाँडाको टुप्पोमा मादल बज्ने गरेको आवाज सुनिने गरेको छ । यो कुरा सत्य हो, सबैले सुन्न सक्छन् ।” राजा उदय मादल बजाउने मन्दिरमा भजनकीर्तन गर्ने खालका थिए, यसै कारण अहिले पनि उनको मादल उनी अलप भएको स्थानमा बज्ने गरेको भनाइ छ । 

गढीमाईको मन्दिरको ठीक उत्तरपश्चिम दिशाको ५० मि परतिर नै राजा उदयको पुरानो दरबार अहिले पनि छँदैछ । यस क्षेत्रमा अहिले विभिन्न वनस्पति उम्रेर ढाकेको छ । 

उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मोहन मगर र उपाध्यक्ष सानु राउतले आफू गाउँपालिकामा निर्वाचित भएर आएपछि मन्दिर व्यवस्थापन गर्न अलिकति बजेटको व्यवस्थापन गरेको र दरबार क्षेत्रलाई पर्यटकीय स्थान बनाउन पहल गरेको बताउनुहुन्छ । 

गाउँपालिकाको बजेटले मात्र सम्भव नहुने हुनाले सबैको पहलमा राष्ट्रियस्तरबाट नै योजना व्यवस्थापन गर्न सके उदयपुरगढीमा पर्यटन विकासको समेत हुन सक्ने उहाँहरुको धारणा छ । 

अहिले पनि तीज, कृष्णाष्टमी, बडादशैँ, शिवरात्रि, रामनवमी आदि चाडपर्वमा गढीमाईको मन्दिरमा मेला लाग्ने र पूजा तथा आराधना हुँदै आएको छ । उदयपुरबाहेक सप्तरी, सिरहा, सिन्धुली खोटाङ, ओखलढुंगाबाट समेत ठूलो संख्यामा भक्तजन गढीमाईदेवीको दर्शन र पूजा तथा आराधना गर्न आउँछन् ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द