२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

पौडी खेल्न गएका १४ वर्षीय बालक बेपत्ता, एकको जीवितै उद्धार

२०७४, ३ आश्विन मंगलवार १२:१०

असोज ३, तनहुँ। मादीसेती नदी संगमस्थल नजिकै आज दिउँसो पौडी खेल्न गएका दुई बालकमध्ये एकलाई पानीले बगाउँदा बेपत्ता भएका छन् भने अर्का एक बालकको जीवितै उद्धार गरिएको छ । 

बेपत्ता हुनेमा बागलुङ घर भई हाल व्यास–३ स्थित महर्षि वेदव्यास संस्कृत मावि कक्षा ९ मा अध्ययनरत १४ वर्षीय चिरञ्जीवी पौडेल छन् । 

सँगै पौडी खेल्न गएका जिल्ला नवलपरासी डण्डा घर भई हाल सोही विद्यालयको कक्षा १० मा अध्ययनरत अभिषेक अर्यालले साथी पौडेललाई बचाउन लाग्दा उल्टै नदीले बगाएको र उनलाई नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । 

उद्धार गरिएका किशोरको दमौली अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा