१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मन्त्रि थापाद्वारा नवदुर्गा महोत्सवको शुभारम्भ

५ आश्विन २०७४, बिहीबार ०७:१८

असोज ५, पोखरा। कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले विजयादशमीका अवसरमा पोखराको बिन्ध्यवासिनी मन्दिरमा आजदेखि शुरु भएको नवदुर्गा महोत्सव शुभारम्भ गर्नुभयो । 

बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा शुरु भएको सो महोत्सव असोज १३ गते महानवमीको दिनसम्म सञ्चालन हुनेछ । 

महोत्सवको शुभारम्भपछि बिन्ध्यवासिनी मन्दिरबाट नवदुर्गाका नौ रुपको झाँकी, १०८ कलश सहितको नवदुर्गा शोभायात्रा निकालिएको थियो । शोभायात्रा मोहरिया टोल, नालामुख, चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक हुँदै बिन्ध्यवासिनी मन्दिरमा पुगेर सम्पन्न भएको थियो । 

शोभायात्रामा विभिन्न भजन समूह, जातीय वेशभूषा, सांस्कृतिक झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा विभिन्न धार्मिक, सामाजिक र शैक्षिक सङ्घसंस्थाको सहभागिता रहेको थियो । 

विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भाव तथा धार्मिक पर्यटनको विकासमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका सदस्यसचिव तीर्थ श्रेष्ठले बताउनुभयो । 

महोत्सवमा आजदेखि मन्दिर परिसरमा श्रीमद्भागवतदेवी ज्ञान महायज्ञसमेत हुनेछ । 

सो अवसरमा मन्त्री थापाले सबैभन्दा पुरानो र धार्मिक आस्थाको केन्द्रविन्दुमा रहेको बिन्ध्यवासिनी मन्दिरको संरक्षण र पूर्वाधार विकासमा सबैको ध्यानाकर्षण गराउनुभयो । 

उहाँले धार्मिक पर्यटन प्रवद्र्धनमा पनि बिन्ध्यवासिनी मन्दिरले महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । 

समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह