१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

बाढीबाट तत्काल जोगिन रेडक्रसको सुझाव

५ आश्विन २०७४, बिहीबार ०७:५०

असोज ५,झापा। नेपाल रेडक्रस सोसाइटी झापा शाखाले वर्षेनी वर्षात्को समयमा आउने बाढीका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायले विगतलाई हेरेर पाठ सिक्नुपर्नेमा जोड दिएको छ ।

झापामा यस वर्ष बाढी र अविरल वर्षाले लगभग डेढ दर्जन मानिसको मृत्यु र अर्बौं रुपैयाँ बराबरको धन सम्पत्ति नष्ट भएको छ । 

बाढीले कृषि क्षेत्र, नदीका तटबन्ध, सिँचाइ क्षेत्र, मानव बस्ती, सडक सञ्जाल र सामुदायिक विद्यालयमा अत्याधिक क्षति पु¥याएको छ । 

बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज एवं राहत वितरणमा सक्रिय भूमिका निर्वाह गरिरहेको उक्त शाखाले बाढीबाट मानव जनजीवन प्रभावित हुन नदिनका लागि तत्काल राहत, उद्धार एवं खोज गर्न केही सुझाव दिएको छ । 

सुझावमा जननिर्वाचित जनप्रतिनिधिलाई विपद् व्यवस्थापनसम्बन्धी गोष्ठी (तालीम), कार्यशाला अभिमुखीकरण गर्न जिल्ला समन्वय समितिले पहल गर्नुपर्ने, स्थानीय विपद् व्यवस्थापन समिति, सामुदायिक विपद् व्यवस्थापन समिति, स्थानीय विपद् जोखिम व्यवस्थापन योजना, सामुदायिक विपद् जोखिम व्यवस्थापन योजनालगायतले स्थानीय निकायसँग सरोकारका विषयमा छलफल गरी कार्यान्वयन गनुपर्ने, स्थानीय तहमा कार्यरत विपद् व्यवस्थापन कोष स्थापना तथा हरेक स्थानीय निकायामा १०० सेट गैर खाद्य सामग्री राख्नुपर्ने, एक÷एक वटा रबरबोट (डुंगा) तयारी अवस्थामा राख्नुपर्ने, गाउँपालिका र नगरपालिकामा विपद्को समयका लागि सुरक्षित स्थानको पहिचान गर्नुका साथै हरेक स्थानीय निकायमा एक÷एक वटावटा सुरक्षित सामुदायिक भवन निर्माणका लागि पहल गर्नुपर्ने सुझाव दिएको सोसाइटीका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । 

उहाँले नमूना बस्ती वा नमूना गाउँ निर्माणका लागि सबै क्षेत्रबाट आवश्यक पहल र प्रयत्न हुन जरुरी भएको र जनता आवासजस्ता सरकारी योजनालाई यसैमा एकीकृत गरी योजना सञ्चालन हुनुपर्ने बताउनुभयो ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह